Logo

दक्षिण अफ्रिकाको सानदार जित


एजेन्सी – एक एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) सीमित ओभर क्रिकेटको रूप हो, अन्तर्राष्ट्रिय स्थितिको साथमा दुई टोलीहरू बीच खेलेका छन्, जसमा प्रत्येक टोलीले प्रायः निश्चित ओभरको सामना गर्यो। 50 क्रिकेट विश्व कप यो ढाँचामा खेल्दछ। प्रत्येक चार वर्षमा आयोजित वन डे अन्तर्राष्ट्रिय मिलान पनि सीमित ओभर इन्टरनेशनल (LOI) भनिन्छ, यद्यपि यो जेनेरिक शब्द पनि ट्वान्टी 20 अन्तर्राष्ट्रिय म्याच पनि उल्लेख गर्न सक्छ। तिनीहरू प्रमुख म्याचहरू हुन् र सूची ए, उच्च ओभरको प्रतिस्पर्धाको उच्चतम स्तरलाई मानिन्छ।

अन्तर्राष्ट्रिय एक दिन खेल ढिला-बीसौं शताब्दीको विकास हो। पहिलो ओडीआई मेलबर्न क्रिकेट मैदानमा अष्ट्रेलिया र इंग्ल्यान्डबीच 5 जनवरी 1 9 71 मा खेलाइएको थियो। तेस्रो टेस्टको पहिलो तीन दिन धोएपछि अधिकारीले म्याद छोडेर निर्णय गरेपछि, एक ओभर अफ एक दिन खेल खेल्दा प्रति आठ 40 ओभरमा बल ओभरमा खेलियो। अष्ट्रेलियाले 5 विकेटले खेल जित्यो। एक अर्कालाई सेतो किटमा सेतो किटमा खेलेका थिए।

दक्षिण अफ्रिकाले एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा श्रीलंकामाथि ९ विकेटको सानदार जित निकालेको छ । सेमिफाइनल होडबाट बाहिरि सकेको अफ्रिकाको विश्वकपमा यो दोस्रो जित हो ।

श्रीलंकाको भने तेस्रो हार हो । यो हारसँगै श्रीलंका शीर्ष चारमा रहेर सेमिफाइनल खेल्ने संभावना अब अंकगणीतिय झिनो आसामात्रै बाँकी रहेको छ । २ सय ४ रनको विजयी लक्ष्य दक्षिण अफ्रिकाले ३७.२ ओभरमा १ विकेटको क्षतिमा पुरा गर्यो । अफ्रिकाका लागि कप्तान फाफ डु प्लेसिसले १ सय ३ बलमा १० चौका र १ छक्का सहित ९६ रनमा अविजित रहदै टोलीको जित पक्का गरे ।

 

दक्षिण अफ्रिकाले पाँचौ ओभरको पाँचौ बलमा ओपनर क्विन्टन डी ककलाई १५ रनमा गुमाएको थियो । डी ककलाई लाथिस मलिंगाले बोल्ड आउट गरेका थिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलंकाले ४९.३ ओभरमा अल आउट हुँदै २ सय ३ रन बनायो । श्रीलंकाले पहिलो ओभरको पहिलो बलमै कप्तान दिमुथ करुणारत्नेलाई शून्यमा गुमाएको थियो । उनलाई कागिसो रबडाले कप्तान फाफ डु प्लेसिसबाट क्याच आउट गराए । दोस्रो विकेटका लागि अविष्का फर्नान्डो र कुशल परेराले ६७ रनको साझेदारी गर्दै श्रीलंकाको इनिङ उकासेका थिए ।

तर दशौं ओभरको पाँचौ बलमा ड्वाइन पिटोरियसले कप्तान डु प्लेसिसबाटनै क्याच गराउँदै फ्रर्नान्डोलाई ३० रनमा आउट गरेपछि दक्षिण अफ्रिका खेलमा फर्किएको थियो । उनले २९ बलमा ४ चौका प्रहार गरे । त्यस्तै १२ ओभरको तेस्रो बलमा प्रिटोरियसले परेरालाई ३० रनमा बोल्ड आउट गर्दै पेभिलिएन फर्काए । श्रीलंकाको विकेटपतन क्रम रोकिएन । कुनै पनि ब्याट्सम्यानले ठूलो इनिङ खेल्न सकेनन् ।

कुशलले ३४ बलमा ४ चौका प्रहार गरे । कुशल मेन्डिस २३,एन्जिलो मथ्युज ११ र धनञ्जय डी शिल्भा २४ रनमा आउट भएपछि श्रीलंका संकटमा परेको थियो । तल्लोक्रमका तिसेरा परेराले २५ बलमा २१,इसुरु उडनाले १७ ,सुरुङ्गा लकमल ५ र लाथिस मलिंगाले ४ रनको योगदान दिए ।

दक्षिण अफ्रिका लागि ड्वाइन पिटोरियसले १० ओभरमा २ मेडन सहित २५ रन खर्चेर ३ विकेट हात पारे । त्यस्तै क्रिस मोरिसले ९.३ ओभरमा ४६ रन खर्चेर ३ र कागिसो रबाडाले २ विकेट हात पारे । एन्डिलो फहलुकवयो र जेपी ड्युमिनीको नाममा पनि समान १ विकेट रह्यो ।

८ खेलमा खेलमा २ मा जित र ५ मा हारका साथ आठौं स्थानमा रहेको दक्षिण अफ्रिकाले आफ्नो अन्तिम खेल जुलाई ६ मा अष्टे«लियासँग खेल्ने छ । त्यस्तै ७ खेलमा २ मा जित र ३ मा हारका साथ सातौं स्थानमा रहेको श्रीलंकाले आफ्नो आठौं खेल वेस्ट इन्डिजसँग सोमबार खेल्ने छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्