Logo

देउवा र प्रचण्ड मिल्दै


काठमाडौ । द्धन्द्वकालीन मुद्दाहरु अन्तर्राष्ट्रिकरण गर्न खोजे पछि नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्ड र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा फेरि एक ठाउँमा पुगेका छन्। दुवै नेताहरुले शान्ति प्रक्रिया अझै नटुंगिएको निष्कर्ष निकाल्दै ठोस कदम चाल्नेबारे छलफल गरे।

बिहिबार प्रचण्ड र देउवाबीच ललितपुरको समिट होटलमा गम्भीर छलफल भयो। द्वन्द्वकालीन मुद्दालाई निष्कर्षमा पुर्याएर नजाँदा शान्तिपूर्ण मूलधारमा आइ सकेका नेताहरुलाई समस्या आएको भन्दै नेताद्वयले यसमा गम्भीरताका साथ छलफल गरेका हुन्।

नेकपा अध्यक्ष प्रचण्ड निकट स्रोतका अनुसार दुई नेताबीच शान्ति प्रक्रिया निष्कर्षमा नपुग्दा पर्ने अप्ठ्याराहरुबारे छलफल केन्द्रित भएको थियो। शान्ति प्रक्रियाका मुख्य दुई पक्षको नेतृत्व गिरिजाप्रसाद कोइराला र आफूले लिएकाले टुंगोमा पुर्याउन आफूलाई साथ दिन देउवालाई आग्रह गरेका थिए। उनले कोइरालाको निधनपछि देउवाको काँधमा जिम्मेवारी आएकाले मिलेर जान भनेपछि देउवा आक्रोशित भएका थिए।
देउवाले मिलेर जान आफूले वातावरण बनाउँदा किन धोका दिएको ? भनी प्रश्न गरेका थिए। आफूलाई धोका दिंदा प्रचण्डले पश्चात्ताप गर्नुपर्ने समय आउन लागेको समेत भनेका थिए।

पछिल्लो समय द्वन्द्वकालिन मुद्दा ब्युँताएर प्रचण्डलाई असजिलो बनाउन खोजिएको विषय उनी निकटस्थले उठाइ रहेका छन्। कुनैपनि बेला विदेश भ्रमणमा जाँदा नेताहरु समातिने खतरा छ। नेकपा अध्यक्ष प्रचण्ड अमेरिका जाँदा उनी समातिने अवस्था निर्माण भइ सकेको थियो। तर, अमेरिकी सरकारले उनको सम्भावित पक्राउलाई टार्ने कदम चालेको थियो।

द्वन्द्वकालमा देउवा प्रधानमन्त्री हुँदा तत्कालिन विद्रोही नेकपा माओवादी अध्यक्ष प्रचण्ड सहितका मुख्य नेताहरुको टाउकाको मूल्य तोेकेका थिए। शान्ति प्रक्रियामा आएपछि विगतका युद्धकालिन विषयले दुवै नेताले चुनौती भोगि रहेका छन् । विशेष गरी प्रचण्डलाई यूरोप, अमेरिका र अष्ट्रेलियामा जाँदा समस्या छ।

द्वन्द्वकालीन मुद्दा ब्युँताएर टाउकोमा तरबार झुण्ड्याउने र अप्ठ्यारोमा पार्ने गतिविधि प्रचण्डलाई नेकपा भित्रबाट भइ रहेको विषय उठि रहेको छ। प्रचण्डले द्वन्द्वकालिन मुद्दाको टुंगो लगाउने देखि शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने सम्मको भित्री सहमति गरेर नेकपा एकीकरण गरेको भएपनि त्यसतर्फ कुनै काम अगाडि नबढे पछि शतर्क भइ रहेका छन्। त्यसैले उनले देउवासँग फेरि निकटता बढाएका छन्।विगतमा प्रचण्ड र देउवा मिलेर आलोपालो प्रधानमन्त्री भएका थिए। तर, चुनाव अघि देउवा प्रधानमन्त्री हुँदा प्रचण्ड ओलीसँग नजिकिएर गठबन्धन बनाएर चुनाव लडेका थिए।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्