Logo

काठमाडौँ उपत्यकामा सिरिन्ज आक्रमणमा संलग्न भएको शङ्कामा एकजना पक्राउ


काठमाडौँ उपत्यकामा सिरिन्ज (सुई) आक्रमणमा संलग्न भएको शङ्कामा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले गएराति १२ बजे महाराजगञ्जबाट रामेछाप स्थायी घर भएका सन्तोष कार्कीलाई सिरिन्ज आक्रमणको आरोपमा पक्राउ गरेको हो । कार्कीले भने आफूले सिरिन्जले नभइ काँटीले घोचेको बताएका छन् ।

काठमाडौँमा अहिलेसम्म ६ जना सिरिन्ज आक्रमणमा परेको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिनुभयो । पक्राउ परेका कार्कीको बारेमा थप अनुसन्धान भइरहेको प्रवक्ता बोगटीले बताउनुभयो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्