Logo

अब यी चार देशबाट भारत आउने नेपाली नागरिकलाई अनिवार्य भिसा लिनुपर्ने


नयाँ दिल्लीस्थित नेपाली दुतावासले चार देशबाट भारत आउने नेपाली नागरिकलाई भारतको भिसा लिनुपर्ने व्यवस्था गरिएको जनाएको छ । दुतावासद्वारा जारी विज्ञप्तिअनुसार चीन, मकाउ, हङकङ र पाकिस्तानबाट भारत आउने नेपाली नागरिकले अनिवार्य भारतको भिसा लिनुपर्ने व्यवस्था गरिएको हो ।

नेपाल र भारतबीच विद्यमान परराष्ट्र व्यवस्थाअनुसार भारत यात्रामा रहने नेपाली वा नेपाल यात्रामा रहने भारतीयलाई सम्बन्धित देशको भिसा नलाग्ने प्रावधान छ । तर भारतले हालै नयाँ नियम लागू गर्दै ती ४ देश हुँदै भारत आउने नेपालीलाई भने अनिवार्य भारतकाे भिसा (प्रवेशाज्ञा) लिनुपर्ने प्रावधान राखिएकाे छ ।

त्यस्तै, भारतीय अध्यागमन पार गरी साउदी अरेबिया, कतार, कुवेत, युएई, ओमन, बहराइन, इराक, लिबिया र लेबनान यात्रा गर्ने नेपाली नागरिकले दूतावासबाट नो अब्जेक्सन लेटर लैजानुपर्ने पनि उल्लेख गरिएको छ ।

नो अब्जेक्सन लेटरका लागि ती देशमा जानुपर्ने कारणसहितको निवेदन, पासपोर्ट, भिसा र टिकट, श्रम स्वीकृति, यसअघिको यात्रा अभिलेख, अन्य आवश्यक कागजातहरुसमेत पेश गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

 

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्