एसईई परिणाम : निजी विद्यालयको परिक्षाफल उत्कृष्ट किन ?
क्तपुर : राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको एसईईको परीक्षाफल अनुसार सरकारी एवं सामुदायिक विद्यालय भन्दा निजी विद्यालयको राम्रो परिणाम आएको छ।
शिक्षा मन्त्रालयका सचिव खगराज बरालको उपस्थितिमा परीक्षा नियन्त्रण विष्णुप्रसाद अधिकारीले बिहीबार गत वर्ष सञ्चालित एसईईको परीक्षाफल सार्वजनिक गरेको परीक्षाफलमा निजी विद्यालयको राम्रो परिणाम देखिएको हो।
एसईई दिने कूल चार लाख ५९ हजार दुई सय ७५ परीक्षार्थीमध्ये तीन लाख २५ हजार तीन सय ३० अर्थात् ७०.८४ प्रतिशत सरकारी एवं सामुदायिक विद्यालयका छन्। जसमा निजी एवं संस्थागत विद्यालयको तर्फबाट २९.१६ प्रतिशत अर्थात् एक लाख ३३ हजार नौ सय ४५ परीक्षार्थीले एसईई दिएका छन्।
कुल परिक्षार्थी मध्य १७ हजार पाँच सय ८० जनाले ए प्लस ग्रेड अंक ल्याएकोमा सरकारी एवं सामुदायिक विद्यालयका दुई हजार सात सय ९२ जना परीक्षार्थीले मात्रै ए प्लस अंक ल्याएका छन्। जुन १५.८८ प्रतिशतमात्रै हो तर संस्थागत एवं निजी विद्यालयका ८४.१२ प्रतिशत एवं १४ हजार सात सय ८८ जना परीक्षार्थीले ए प्लस अंक ल्याएका छन्।
कूल ५१ हजार एकसय ३७ ए ग्रेड ल्याउने परीक्षार्थीमध्ये सरकारी एवं सामुदायिक विद्यालयका ११ हजार दुई सय २३ अर्थात् २१.९४ प्रतिशतले ए ग्रेड ल्याउदा संस्थागत विद्यालयका ७८.०६ प्रतिशत अर्थात ३९ हजार नौ सय १४ जना परीक्षार्थीले ए ग्रेड ल्याएका छन्।