लेखा समितिले चार देशमा नेपाली दूतावासको अनुगमन गर्ने
काठमाडौं । संसदको सार्वजनिक लेखा समिति चार देशको नेपाली दूतावासको स्थलगत अनुगमनमा जाने भएको छ ।
लेखा समितिका सभापति भरतकुमार शाह नेतृत्वको सात सदस्यीय टोलीलाई स्थलगत अनुगमन गर्न मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिएको छ ।
लेखा समितिले रियाद, बर्लिन, पेरिस र लण्डनस्थित नेपाली नियोगहरुको स्थलगत अनुगमन गर्नेछ ।