नेपाली सेनाका ५ सेनानी महासेनानीमा बढुवा
सरकारले नेपाली सेनाका ५ जना सेनानीलाई महासेनानी पदमा बढुवा गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद् बैठकले सेनानी प्रज्वल शमसेर रायमाझीसहितका ५ जनालाई महासेनानीमा बढुवा गरेको हो।
बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत् सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषद् बैठकको निर्णयबारे जानकारी दिँदै सो कुरा बताएका हुन्।