Logo

दाहालको अभिव्यक्तिले तामाङ समुदायको आपत्ति : तत्काल माफ माग्नुपर्ने


काठमाडौं । तामाङ समुदायप्रति निच र हेय भाव झल्काउने गरी भाषण गरेपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई तत्काल सार्वजनिक रुपमा माफी माग्न माग गरिएको छ ।

‘तामाङ समाज पोर्तुगल’ले बुधबार प्रेस विज्ञप्ती निकाल्दै अध्यक्ष दाहालको अभिव्यक्तिप्रति गम्भीर आपत्ति प्रकट गरेको छ । विज्ञप्तीमा दाहालको अभिव्यक्ति घृणित सोंच र एकल जातीय अहंकारको उपज भएको समेत उल्लेख छ ।

‘राज्यको बागडोर सम्हालेको पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालको भनाइले फेरि पनि तामाङ समुदायमाथि राज्यले हेयको दृष्टि राखिरहेको पुष्टि हुन्छ ।

हिजो लैंगिक र जातीय उत्पीडनको नारा अघि सारेर हजारौ तामाङ सहिदहरुको बलिदानीबाट आज हरेक सुविधा भोग गर्न पाइरहेका पुष्पकमल दाहालले तामाङ महिलाको उदाहरण दिएर विदेशमा बेचिन बाध्य महिलाहरुलाई जुन प्रकारको मजाकको विषय बनाए, त्यो अति नै घृणित सोच र एकल जातीय अहंकारी मानसिकताको उपज हो,’ समाजकी अध्यक्ष सुनिता ब्लोन तामाङद्वारा जारी विज्ञप्तीमा लेखिएको छ, ‘तसर्थ, नेकपाका अध्यक्ष दाहालको त्यो निच भनाइको घोर भत्र्सना गर्दछु र तामाङ समुदायको मान हानी गरेकोमा यथासिघ्र सार्वजनिक माफी माग्न नेपाल तामाङ घेदुङमार्फत् जोडदार माग गर्दछौ ।’

 

दाहालले केही दिनअघि चितवनमा आयोजित कार्यक्रममा नेत्रविक्रम चन्द ‘विप्लव’का बारेमा बोल्दा ‘तामाङ्नी केटीजस्तै मुम्बाईमा पुर्याएको होइन’ भन्ने उदाहरण दिएका थिए ।

 

समाजले समता अस्पतालमा मृत भेटिएकी बिमला तामाङबारे निष्पक्ष र सत्यतत्य छानबिन गर्न सरकारले आनाकानी गरिरहेको, भ्रष्टाचारीहरुका कर्तुत बाहिर ल्याउन खोज्ने आर्यन तामाङलाई प्रहरीले पक्राउ गरेको विषय गम्भीर रहेको भन्दै वास्तविकता बाहिर ल्याउन माग गरेको छ । यो समचार सार्बजनिकबाट लिएको हो ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्