सगरमाथा आराेही सर्मिला स्याङ्तान सम्मानित : ‘आपा ङाछा’काे रजत जयन्ती
काठमाडाैँ । ‘आपा ङाछा’ टेलिसिरियलकाे २५ औँ भाग मनाउन सफल भएकाे उपलक्क्षयमा ‘ह्याङला मिडिया हाउस’ले शनिवार राष्ट्रिय नाचघर जमलमा विविध साँस्कृतिक कार्यक्रम तथा सगरमाथा आराेही सर्मिला स्याङतान सम्मानमा आयाेजित कार्यक्रम नेपाल तामाङ चलचित्र संघका अध्यक्ष तथा आदिवासी जनजाति चलचित्र महासंघका उपाध्यक्ष विकु थाेकरकाे प्रमुख आतित्थ्यतामा सम्पन्न भएकाे छ ।
तामाङ टेलिसिरियल ‘आपा ङाछा’ले रजत जयन्ती मनाएकाे अवसरमा प्रमुख अतिथि विकु थाेकरज्यूबाट सगरमाथा आराेही सर्मिला तामाङ स्याङतानलाई सम्मान गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथि थाेकरले आम तामाङ समुदाय मिलेर एकताकाे सन्देश दिनुपर्ने आजकाे आवश्यकता रहेकाे बताउनु भएकाे छ ।
हिन्दी टेलिसिरियल हेर्ने बानी भएका नेपाली समुदायमा तामाङ भाषाकाे टेलिसिरियलले तामाङ समुदायलाई नेपाली टेलि सिरियल हेर्न आकार्षण गरेकाे जानकारी गराउनु भयाे ।
तामाङ समुदायकाे भाषा, संस्कृति र रहनसहनलाई ‘आपा ङाछा’ टेलिसिरियलकाे माध्यमबाट सबैलाई चिनाउन महत्वपुर्ण भुमिका निर्वाह गरेकाे प्रमुख अतिथि थाेकरकाे दाबी रहेकाे छ ।यसैगरी नायिका चाँदनी माेक्तान र रन्जिता तामाङले सफलताकाे शुभकामना दिनुभएकाे थियाे भने डि
सहाेमकाे रमाइलाे एच डि च्यानलबाट प्रसारण गर्न सहजीकरणकाे भुमिका निर्वाह गरेका अरजिनल इन्टरटेनमेनका अध्यक्ष दयारमा पण्डेले आउँदाे दिनमा अवश्यक सहयाेग गर्ने बाचाका साथ शुभकामना दिनुभएकाे थियाे ।
कार्यक्रममा चलचित्र क्षेत्रका, विभिन्न क्षेत्रमा याेगदान पुर्याएका व्यक्तिहरू र मिडिया सहयाेगीहरूलाई कदर पत्रद्वारा सम्मान गरेका थिए ।
“आपा ङाछा” टेलिसिरियल तामाङ समुदायमा राम्राे चलेकाे कार्यक्रम हाे । यसले समाजमा घटेका विभिन्न घटनाहरूलाई व्यङ्यात्मक तरिकाले प्रस्तुत गर्दै आइरहेका छन् ।
तामाङ समुदायमा रजत जयन्ती मनाउन सफल याे पहिलाे टेलिसिरियलकाे रुपमा इतिहास रचाउन सफल भएकाे छ भने ‘आपा ङाछा’काे २२ र २३ औँ भागमा पत्रकार मिलन लामा दाेङले जिस्कदैं प्रयाेग गरेकाे ‘चु ए गलत’ भन्ने थेगाे अहिले समाजमा एक प्रकारकाे भाइरल नै भएकाे छ ।
‘आपा ङाछा’का कलाकारहरूले विभिन्न नृत्यद्वारा उपस्थित दर्शकहरूलाई मनाेरन्जन दिलाएका थिए । ‘आपा ङाछा’का निर्देशक जयन कुमार माेक्तानले कार्यक्रमकाे सभापतित्व ग्रहण गर्नुभएकाे थियाे भने उहाँ आफैंले उपस्थित दर्शहरूलाई स्वागत मन्तव्य पनि दिनु भएकाे थियाे ।
निर्देशक जयन कुमार माेक्तान तामाङ चलचित्र संघ नेपालका महासचिव र पूर्व सिने पत्रकार हुन् साथै मिक्साङ वाइवाले कार्यक्रम संचालन गरेकी थिइन् ।