Logo

नेपाली कांग्रेस : एक महिना गाउँ बसेका नेताका कुरा सुन्दै देउवा


नेपाली कांग्रेसले पहिलो चरणमा देशैभर भएको जागरण अभियानको समीक्षा सुरु गरेको छ। वैशाख २५ गतेदेखि एक महिनासम्म चलेको जागरण अभियानका क्रममा गाउँ पुगेका केन्द्रीय प्रतिनिधिले देखेका कुरा जस्ताको त्यस्तै सभापति शेरबहादुर देउवालाई सुनाउँदैछन्।

बुधबार दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको गाउँका कुरा सुन्ने कार्यक्रममा जिल्ला खटेका केन्द्रीय प्रतिनिधिले पालैपालो बोलेका छन्। एक महिना गाउँ बसाइका क्रममा पार्टी संगठन, गुटउपगुट लगायतमा केन्द्रीय प्रतिनिधिले लिखित प्रतिवेदन नै तयार गरेका छन्।

गाउँमा अहिले कांग्रेसको अवस्था कस्तो छ भन्नेबारे केन्द्रीय प्रतिनिधिले सभापति देउवासहित कांग्रेसका पदाधिकारीलाई सुनाउने कार्यक्रम बिहीबारसम्म चल्नेछ। आफ्ना कुरा राख्न केन्द्रीय प्रतिनिधिले १० मिनेट समय पाएका छन्।

कार्यक्रम उद्घाटन गर्दै सभापति देउवाले जागरण अभियानले उर्जा दिएको बताए। ‘केन्द्रीय प्रतिनिधिबाट प्राप्त सुझावले थप उर्जा दिनेछ भने दोस्रो चरणमा हुने जागरण अभियानलाई प्रभावकारी बनाउन सजिलो हुने विश्वास छ,’ देउवाले भने।

कार्यक्रम उद्घाटनपछि सिन्धुलीमा खटिएका केन्द्रीय प्रतिनिधि श्याम घिमिरेले कार्यकर्ताले पार्टीमा सुधारको अपेक्षा राखेको बताए। ‘पार्टीभित्रैबाट अन्तरघात र गुटबन्दी हुन्छ भन्ने गुनासो छ,’ एकमहिने गाउँ बसाईको समीक्षा गर्दै उनले भने, ‘भातृ संस्थाको अधिवेशन समयमै हुनुपर्छ भन्ने अपेक्षा पनि रहेछ।’

कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबारसम्म सबै केन्द्रीय प्रतिनिधिले धारणा राखिसक्ने बताए। कांग्रेसले जिल्ला पठाउनुअघि केन्द्रीय प्रतिनिधिलाई ९ बुँदे निर्देशन दिएर पठाएको थियो।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्