Logo

‘गलबन्दी’ विवादमा नेपालको संगीतले जित्यो : शम्भु राई र प्रकाश सपुतबीच सहमति


काठमाडौं – लोकप्रिय लोकदोहोरी गीत ‘गलबन्दी’बारे देखिएको विवादमा गायक/सर्जक शम्भु राई र प्रकाश सपुतबीच सहमति भएको छ ।

सांगीतिक क्षेत्रका विभिन्न संघसंस्थाको समन्वयमा बुधवार भएको छलफलपछि सहमति भएको हो ।

सहमति अनुसार गलबन्दी लोकदोहोरीको संगीत सिर्जना शम्भु राई र पुनः संगीत सिर्जना प्रकाश सपुत हुने गरी शम्भु राईको समेत नाम समावेश गर्ने सहमति भएको छ ।

गलबन्दीले प्राप्त गर्ने आर्थिक लाभ र रोयल्टीमा भने शम्भु राईको हकदाबी नहुने समेत सहमतिमा उल्लेख छ । सहमतिपछि शम्भु राईले विभिन्न निकायमा दिएका उजुरी फिर्ता लिने सहमति समेत भएको छ ।

यस्तै, अन्य विभिन्न प्रकाशन गरिने क्षेत्रमा भने शम्भु राईको नाम समावेश गरी प्रकाशन गर्ने सहमति भएको छ । यस्तै, ‘गलबन्दी’ बोलको गीतको हालसम्मको तथा अब उप्रान्त कुनै पनि माध्यमबाट प्राप्त हुने आर्थिक अधिकार, प्रतिलिपि अधिकार, श्रष्टा, उत्पादक तथा प्रस्तोताले पाउने रोयल्टीमा प्रकाश सुपतकै अधिकार रहनेछ ।

यसमा शम्भु राइले कुनै पनि दाबी नगर्ने सहमति भएको छ ।

‘गलबन्दी’ गीत सार्वजनिक भएसँगै गायक शम्भु राईले यसमा समावेश भाका आफ्नो आवाजमा समावेश ‘देउसी भैली’ गीतको लयसँग मिलेको भन्दै प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यलयमा उजुरी दर्ता गरेका थिए । लामो समयको छलफलपश्चात पनि सहमति हुन नसकेको भन्दै शम्भुले कानुनी ढोका ढक्ढकाएका थिए ।

सहमतिपत्रमा दुवैले हस्ताक्षर गरेका छन् । दुवै पक्षबीच भएको सहमतिपछि गलबन्दीको विवाद मिलेको छ ।

हेर्नुस् यस्तो छ सहमति :

 

 

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्