‘साईली’ को अपार सफलता पश्चात गायक हेमन्त रानाको गीत ‘माया बस्यो है’  सार्वजनिक भएको छ ।

गायक रानाकै शब्द तथा सङ्गीत रहेको गीत विशाल पौडेलले एरेन्ज गरेका हुन् ।

भिडियोमा हेमन्त राना, किरण चाम्लिङ राई र मेघा प्रधान फिचर्ड छन् ।

हेमन्त राना, किरण चाम्लिङ राईको निर्देशनमा बनेको भिडियोलाई लवेश श्रेष्ठले र रुबिन प्रधानले खिचेका हुन् ।

यसै भिडियोमा दयाहाङ राईको विशेष उपस्थिति रहेको छ ।