Logo

उपभोक्ताकर्मीको विरोध : विदेशी च्यानलको प्रशारण बन्दप्रति


विदेशी च्यानल प्रशारण बन्द गरिएकोमा उपभोक्ताकर्मीहरुले विरोध जनाएका छन्। सर्वसाधारणले भुक्तानी गरिसकेको शुल्कअनुसार सेवा नपाएको भन्दै उपभोक्ताकर्मीहरुले विरोध जनाएका हुन्।

उपभोक्तालाई तोकिएको शुल्क लिएर प्रशारण दिने प्रतिबद्धता जनाइसकेका केवल तथा इन्टरनेट टेलिभिजन प्रशारण कम्पनीहरुले बेइमानी गरेको उपभोक्ताकर्मीको आरोप छ।

राष्ट्रिय उपभोक्ता मन्चका अध्यक्ष प्रेमलाल महर्जनले भने ‘अशुल गरिसकेको शुल्कअनुसार सेवा नदिइनुले उपभोक्तालाई मार परेको छ, यसको हामी भत्सर्ना गर्छौं।’

सोमबार अपह्रान्ह ३ बजेदेखि मंगलबार अपह्रान्ह ३ बजेसम्म नेपालमा विदेशी च्यानलको प्रशारण बन्द गरिएको थियो। इन्टरनेट तथा डिजिटल टिभी समन्वय समिति र नेपाल केवल टेलिभिजन महासंघको संयुक्त प्रयासमा २४ घण्टा सम्पूर्ण विदेशी च्यानलको प्रशारण बन्द भयो।

विदेशी च्यानलको प्रशारणलाई विज्ञापनरहीत गर्ने अर्थात क्लिन फिडसम्वन्धी नीति सरकारले कार्यान्वयन गर्न खोज्दै गर्दा महासंघले विरोध जनाएको छ।

क्लिन फिड लागू गरिए उपभोक्ताले टिभी हेर्दा तिर्ने शुल्क महँगो हुने र डिजिटल टिभी व्यवसायीको अरबौं रुपैयाँ डुब्ने महासंघको तर्क छ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्