`गलबन्दी प्रकरण´ले आखिर संसदसम्म प्रवेश पाइसके पछि – नबोली बसुँ भन्ने अहिलेसम्मको तठस्ततालाई चिरेर केही बोल्ने मनसुवा भो । तर ज्ञातव्य रहोस् यसलाई कुनै फेसबुके लडाकुको छाया युद्धसङ्ग जोड्ने दुश्प्रयास नगरियोस् ।

– पहिलो कुरा, गीत नक्कल गरिएको प्रतिलिपि सम्बन्धी प्रकरणले जुन खाले जातिय र क्षत्रीय विद्वेश फैलाउने चेष्टा गरिरहेको छ त्यो घोर आपत्तिजनक छ । सबै खाले बिभेदको बिरुद्धमा लडिरहेका र जातिय मुक्तिका हिमायति हामी र हामि जस्ता थुप्रै मुक्तिकामी सपनाजीविहरुलाई यसले अपुरणिय चोट महशुष हुन गएको छ । विशुद्ध शृजनाको बारेमा उठेको बहस एकाएक जातिय आक्षेपको दिशातिर किन उन्मुख भयो ? यसको लागि के ले उत्प्रेरित गर्यो लडाकुहरुलाई ?

– दोस्रो , गीत संगीत चोरिको जुन भाष्य प्रयोग भैरहेको छ त्यो आफैमा गलत छ । शृजना चोरी हुदैन कपि हुन्छ । अर्थात नक्कल । चोरी हुने भनेको गुप्त धन हो जो कतै लुकेको हुन्छ । शृजना त सार्बजनिक सम्पती हो , सार्बजनिक सम्पती चोरी हुदैन नक्कल हुन्छ । त्यो प्रयोग र प्रचलनको दृष्टिमा चोरी भनिए पनि असलमा कपि भनेर बुझ्नु पर्छ । त्यसैले वौध्दिक सम्पति हरणको विश्वजनिन प्रचलनमा Copy Right भाष्य प्रयोग हुन्छ । तर यसको अर्थ यो नबुझौँ कि चोरी भन्दा नक्कल कम आपराधिक कर्म हो । वौध्दिक सम्पतिको हकमा हुबहु नक्कल गर्नु चोर्नु भन्दा जघण्य अपराध मानिन्छ ।

बिचारणिय कुरा, यो प्रकरणसङ्ग जोडिएर जो जसले बिग्रह र बैमन्स्यको उद्दण्डता जाहेर गरिरहेछ त्यो अत्यन्तै खेद्पुर्ण छ । व्यक्तीगत वा संस्थागत जुनसुकै तवरबाट आएका वा आउने धारणाहरुले खास पक्षलाई उत्तेजित पार्ने वा उसको मेजोरिटी प्रदर्शन गर्नेतिर नभई दुबैलाई निकासको बाटोतिर उन्मुख गराउन प्रेरित गर्नु पर्छ ।

– तेस्रो, नारायण गोपालको गीत नक्कल गरिएको जुन दलिल छ त्यो झन सर्बथा गलत छ । किनभने नक्कल गरिएको भनिएको त्यो गीत नारायण गोपालको गीत नभएर नारायण गोपालले गाएको गीत हो । नारायण गोपालको गीत भन्नू र नारायण गोपालले गाएको गीत भन्नुमा कति अन्तर छ त्यसको तात्विक अर्थ बुझ्न सक्नुपर्छ लडाकुहरुले । यति भएपछि भनिरहनु नपर्ला नक्कल गरिएको भनिएको त्यो गीत/ संगीत नारायण गोपालको नभएर अरु कसैको हो भन्ने बुझ्नु पर्छ । उनले त गाएका मात्र हुन । तर हामीले बुझेको/ सुनेको त केवल नारायण गोपाल हो । बस भनिदियो, सक्कियो । सजिलो छ हामी लडाकुहरुलाई । तर यो सहजवृत्तिले अरु सम्बन्धित पुराना श्रष्टाहरुलाई भैरहेको अन्याय प्रति हामि हेक्कै राख्दैनौँ । अग्रज पुस्तालाई सम्मान गर्नु पर्छ भन्ने दुहाई फलाकिरहनेले नारायण गोपालसङ्ग जोडिएका ती पुराना श्रष्टाहरुको खोजी गर्नु पर्दैन ?

– चौथो, मुद्दा सम्बन्धित निकायमा पुगिसकेको समाचार संप्रेषित भएको छ । त्यसको छिनोफानो अन्तरास्ट्रिय विधि र प्रचलन अनुसार अवश्य त्यो निकायले गर्ला । गलबन्दी पक्षले हुबहु नक्कल गरेको यदि ठहर भए, कुनै संका छैन उसले दण्डित हुनै पर्छ । अन्याय महशुष गर्ने प्रथम पक्षले पनि उचित न्याय पाउनै पर्छ । तर बिचारणिय कुरा, यो प्रकरणसङ्ग जोडिएर जो जसले बिग्रह र बैमन्स्यको उद्दण्डता जाहेर गरिरहेछ त्यो अत्यन्तै खेद्पुर्ण छ । व्यक्तीगत वा संस्थागत जुनसुकै तवरबाट आएका वा आउने धारणाहरुले खास पक्षलाई उत्तेजित पार्ने वा उसको मेजोरिटी प्रदर्शन गर्नेतिर नभई दुबैलाई निकासको बाटोतिर उन्मुख गराउन प्रेरित गर्नु पर्छ ।

– पाँचौ र अन्तिम, मुद्दाका पक्ष विपक्ष दुबैले करौडौँ क्लबको भाइरल मोहमा नलागी सिघ्रातिसिघ्र निकासको बाटो पक्रीनु पर्छ। अनावस्यक रुपमा बहस तन्क्याएर प्राप्त हुने भाइरल मोहले मुद्दालाई कुन मोडमा पुर्याइरहेको छ त्यसको हेक्का राम्ररी राख्नु पर्छ ।