Logo

संसद बैठक आजपनि बस्ने : सांसदहरूले उठाएका विभिन्न प्रश्नको मन्त्रीहरुले जवाफ दिने


काठमाडौं । प्रतिनिधिसभामा विनियोजन विधेयक ०७६ माथि सांसदहरूले उठाएका विभिन्न प्रश्नको मन्त्रीहरुले जवाफ दिन सुरु गरेका छन । आज पनि विभागीय मन्त्रीहरुले जवाफ दिने कार्यक्रम रहेको छ ।

हिजो ६ जना मन्त्रीले जवाफ दिएको र आज पनि देखि ८ जनासम्मले जवाफ दिने संसद सचिवालयले जनाएको छ । हिजो गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, ऊर्जामन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, श्रममन्त्री गोकर्ण विष्ट र शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सांसदले उठाएका जिज्ञासामा जवाफ दिनुभएको थियो ।

आजको बैठक बिहान ११ बजे बोलाइएको छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्