हातेहोजियारी तालिम अनुगमन समितिद्वारा बिहिबार अनुगमन गरिए
सोलुखुम्बु । सोलुखुम्बुको दुधकुण्ड नगरपालिका थातिङमा सञ्चालन भई रहेको हातेहोजियारी तालिम अनुगमन समितिद्वारा बिहिबार अनुगमन गरिएको छ । घरेलु तथा साना उद्योग विकास समिति सोलुखुम्बु र सृजनशिल गोदावरी महिला समाजको संयुक्त आयोजनामा सञ्चालन भई रहेको होजियारी तालिमलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका शाखा उद्योग अधिकृत विष्णु कुमारी भुषाल र अन्जु पोखरेलको संयोजकत्वमा अनुगमन गरिएको हो ।
सो टोलीमा घरेलु तथा साना उद्योग विकास समितिका सुचना अधिकारी कुमार लामा, लेखापालक प्रेम लाल मल्ल,सृजनशिल गोदावरी महिला समाजका उद्यम विकास सहजकर्ता इलाम महतारा लगायत रहेका थिए । जेष्ठ महिनाको पहिलो हप्ताबाट सुरु गरिएको तालिममा जम्मा १८ जना सहभागीहरु रहेका छन् । उनीहरु सबै निकै चासो दिएर सीप तालिममा सामेल भई रहेको प्रशिक्षक कमला कटुवालले बताइन् ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका शाखा उद्योग अधिकृत विष्णु कुमारी भुषाल र अन्जुु पोखरेलले मन्त्रालय र सम्बन्धीत सस्थाले के गर्दिए हुन्थ्यो,जस्तो केही लागेको छ ? भनेर प्रश्न सोधेका थिए । साथै उहाहरु सहभागीहरुले निमार्ण गरेका हातेहोजियारी सामान देखेर मख्ख परेका थिए । सहभागीहरु सबैले जवाफमा तालिम अझै लामो र थप एड्भान्स भई दिए राम्रो हुने सुझाब दिएका थिए ।
घरेलु तथा साना उद्योग विकास समितिका सूचना अधिकारी कुमार लामा र लेखापाल प्रेम मल्लले यो ब्यसिक तालिमलाई राम्रो गर्न आग्रह गर्दै जुन थप एडभान्सको विषयमा पनि पछि सोच्न सकिने बताए । साथै यो किसिमको तालिम सोलुखुम्बु जिल्लाको सबै स्थानीय तहमा नै निकै राम्रो प्रभाबकारी ढङबाट सञ्चालन भई रहेको मञ्त्रालयका उद्योग अधिकृतहरुलाई जानकारी गराएका थिए ।