Logo

शम्भु राईको कडा प्रतिक्रिय : जातिय रङ्ग होईन, प्रतिलिपि अधिकारको कुरा मात्र हो


अहिले नेपाली संगीत उद्योगमा लोक-आधुनिक गायकको सम्राट र संगीतकार शम्भु राईको गित ‘आऊ नाचौँ साथी हो…’ बाट युबागायक प्रकाश सपुतले गाएको गित ‘गलबन्दी…’ चोरीको बात लागेको छ । यो सगै दर्शक-श्रोताहरु दुई भागमा बाडिए र आ-आफनै मुन्धुम, पण्डित, संगीत (डोल ज्याम्टा), प्रबचन, बकस्मा र डिएनए समेतक बिष्लेषण गर्न थाले । अब यो संसदमा समेत उठेको छ अर्थात राजनितिक हाईट समेत अब गायक तथा संगीतकार शम्भु राईको भएको देखिन्छ ।

गायक तथा संगीतकार शम्भु राईले आफु र अर्का गायक तथा संगीतकार प्रकाश सपुतबीचको नितान्त प्रतिलिपि अधिकारसंग सम्बन्धित कुरालाई  जातिय विवाद र सामाजिक सदभाव खल्बल्याउने नियतले सामाजिक सन्जालमा भएको टिक्का-टिप्पणीप्रति दुख व्यक्त गरेका छन्।

राईले आफु २०३४ सालदेखि जातीय मुक्तिको लागि सांगीतिक क्रान्ति गर्दै जनताको माझमा गाउँदै आएको भन्दै, ‘मानिस छूत-अछुत हुन्छ भन्ने म भन्दै भन्दिन! जाति र पाती छुट्याउने रितलाई म मान्दै मान्दिन!” आफ्नो फेसबुकमा स्पष्ट पाअरेका छन्।

उनी र प्रकाश सपुतबिचमा सपुतको गीत ‘गलबन्दी’ उनको शब्द संयोजनमा बनेको पुरानो देउसी भैलो गीत “आउ नाचौं साथी हो” कम्पोज (भाका र लय) मिल्न गएको भन्दै उनले प्रतिलिपि अधिकार अन्तर्गत हकका लागि मात्र सपुतविरुद्द उजुरी दिएको लेखेका छन्।

‘सामाजिक संजालहरुमा निक्कै टिका-टिप्पणीका बिच अहिले जातीय विवाद र सामाजिक सद्भाव खल्बल्याउने मनसायले केही आपत्तिजनक अभिव्यक्तिहरु पनि प्रकट भएको देखिएको र सुनिएको हुँदा त्यस प्रति म धेरै दु:खीत छु साथै यस्ता अमर्यादित किसिमले सामाजिक संजालबाट कसैले पनि अभिव्यक्ति नदिन हुन म सम्पूर्ण दाजु-भाई तथा दिदी- बाहिनीहरुमा बिनम्र अनुरोध गर्दछु ।’ उनले आफ्नो स्टेटसमा अनुरोध गरेका छन्।

बाकी पेसबुकमा लेखिएको स्टाटस जस्तोको त्यस्तै

मानिस छूत-अछुत हुन्छ म भन्दै भन्दिन!
जाती र पाती छुट्याउने रितलाई म मान्दै मान्दिन!!
२०३४ सालदेखि जातीय मुक्तिको लागि सांगीतिक क्रान्ति गर्दै जनताको माझमा गाउँदै आएको म शम्भु राईबाट स्वदेशदेखि विदेशसम्म रहनु हुने मेरा आदरणीय श्रोता-दर्शक ज्युहरुमा हार्दिक नमस्कार अनि अभिबादन गर्दछु ।
केहि दिन यता गायक तथा संगीतकार भाई प्रकाश सपुतले ‘गलबन्दी…’ बोलको गीत म्युजिक भिडियो युट्युबबाट सार्वजनिक गरेको देखियो र उक्त शब्द संयोजनमा मेरो देउसी भैलो गीतको… ‘आउ नाचौं साथी हो’ भन्ने शब्दमा राखिएको मेरो कम्पोज (भाका र लय) मिल्न गएको विवादित बिषय नितान्त प्रतिलिपि अधिकारसंग सम्बन्धित रहेको अवगत गराउन चाहन्छु साथै यही बिषयलाई लिएर सामाजिक संजालहरुमा निक्कै टिका-टिप्पणीका बिच अहिले जातीय बिबाद र सामाजिक सद्भाव खल्बल्याउने मनसायले केही आपत्तिजनक अभिव्यक्तिहरु पनि प्रकट भएको देखिएको र सुनिएको हुँदा त्यस प्रति म धेरै दु:खीत छु साथै यस्ता अमर्यादित किसिमले सामाजिक संजालबाट कसैले पनि अभिव्यक्ति नदिन हुन म सम्पूर्ण दाजु-भाई तथा दिदी- बाहिनीहरुमा बिनम्र अनुरोध गर्दछु ।
तपाईहरुकै
शम्भु राई
गायक तथा संगीतकार

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्