Logo

‘चलचित्र बैनाबट्टा’को सम्पादन कार्य धमाधम हुदै : छिट्टै पर्दशन हुने


काठमाण्डौं । नेपाली कथानक चलचित्र बैनाबट्टाको छायाँङ्कन सकिएको छ । सुम्हाुलुङ फिल्मस प्रा.लि.को ब्यानरमा निर्मित रोचक बैनाबट्टा चलचित्रलाई राज चाम्लिङले निर्देशन गरेका हुन् । नेपालको सुदुर पुर्वी जिल्लाहरुमा बसोबास गर्ने लिम्बु तथा किराँत आदिबासीहरुको कथा यो चलिचित्रमा समाबेश गरिएको छ । प्रेम लावतीद्वारा निर्मित चलचित्रलाई पूर्वीय नेपालको सुन्दर र रमणीय स्थलहरु ताप्लेजुङ, पाँचथर, ईलाम जस्ता रोचक रोचक ठाउँहरुमा छायांकन गरिएको छ ।

यसै प्रकृतिको छटाँवाहक सेरोफेरोमा नेपाली कथानक चलचित्र बैनाबट्टालाई छायाँङ्कन गरिएकोले कथावस्तु र विषयवस्तु दुवै निकै रोचक भएको छ । यो चलचित्रमा, भवानी घिमिरे, बिक्रम नवेम्वाङ, राम लावती, एबिराज आङदेम्बे समिल राई, सुनिता लिम्बु र यसराज योङयाङह आदि सह निर्माताको रुपमा रहेका छन् । यो चलचित्रमा चार जनाको निकै रोचक जोडी देख्न सकिन्छ ।

मुख्य अभिनय पात्रको रुपमा देबेन्द्र नेम्बाङ, कबिता राई, बाबु मुक्तान र रस्मिला तामाङको रहेका छन् भने अन्य कलारहरुमा, अर्जुन श्रेष्ठ, नरेश बनेम, रिया सुब्बा, रोमन सिंह लिम्बु, प्रकास थेबे, कृष्ण राज नेम्बाङ र पुष्प राज आङबुहाङ लगाएतका कलाकारहरुको अभिनय रहेका छन् । यस चलचित्रको नृत्य निर्देशन कमल राईले गरेका छन् भने छायाँकङ्कन र सम्पादन देवजँग थापाले गरि रहेको छ । यो चलचित्रमा जम्मा चारवटा गीत समाबेश गरिएको छ ।

सो गीतमा बुद्धराज इवाङ, राज चाम्लिङ र सन्तोस राईको संगित रहको छ । उक्त गीतमा दिपक लिम्बु, मेलिना राई, दिपा लामा, सन्तोष राई, राजु लिम्बु , दिप्सन लिम्बु लगायतका चर्चित कलाकारहरुले स्वर लहरी भरेका छन् । अशोज पहिलो हप्ताबाट नेपाल लगायत विभिन्न देशहरुमा प्रर्दशन गर्ने योजना रहेको निर्माता प्रेम लावतीले बताउनुभयो ।

कथाबस्तु,परिबेश अनुसार पात्रको क्यारेक्टर पनि राम्रो भएकोले चलचित्र झन रोचक भएको निर्देशक राज चाम्लिङले बताए । पूर्वीय नेपालका आदिबासी जनजाती तथा मुख्य गरी लिम्बु संस्कार र संस्कृतिलाई समेटिएर कथावस्तु बनाएको पनि चलचित्र सबैले रुचाउन सक्ने विश्वास रहेको निर्देशक राज चाम्लिङले जानकारी दिए ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्