Logo

मलेसिया पक्राउ परेका कलाकार यसरि रिहा भए : नेपाल फर्किदै


मलेसियामा पक्राउ परेका ३ जना नेपाली कलाकारहरुलाई स्वदेश फर्काउने तयारी भइरहेको छ । एसएसओजी धमाका वान नामक सांगितिक कार्यक्रमका लागि करिब तीन साताअघि मलेसिया आएका गायिकाद्वय श्रेया राई, सुनिता थेगिम र गायक सुजन आङदम्बेलाई अदालती प्रक्रिया पुरा भएपछि हाल फिर्ती केन्द्रमा राखिएको छ ।

उनीहरुलाई गत बिहीबार स्थानीय अदालतमा उपस्थित गराइएको थियो । अदालतले तोकेको जरिवाना रकम तिरेपछि उनीहरुलाई क्वालालम्पुर विमानस्थलस्थित फिर्ती केन्द्रमा राखीएको नेपाली दूतावासले जानकारी दिएको छ । पक्राउ परेकाहरुको अवस्थाबारे बुझी थप कानुनी प्रक्रिया अपनाउन दूतावासले वकिलको व्यवस्था मिलाएको थियो ।

दूतावास स्रोतका अनुसार स्वदेश फर्काउनका लागि आवश्यक पर्ने आवश्यक कागजात र कानुनी प्रक्रिया पूरा भइसकेको छ । हवाई टिकट लगायत केही प्रक्रिया मात्र बाँकी रहेको र उक्त काम भइरहेको जनाइएको छ ।

‘अब केही दिनमै हवाई टिकटको व्यवस्था गरी उहाँहरुलाई स्वदेश फर्काउन सकिनेमा हामी आशावादी छौं,’ दूतावासका एकजना अधिकारीले भने ।

पक्राउ परेकाहरुको उद्धारको पहल गर्न एवं पछिल्लो अवस्थाबारे बुझ्न गैरआवासीय नेपाली संघका महासचीव सुन्दर आले र सदस्य दिल कुमार केरुङ सोमबार क्वालालम्पुर विमानस्थलस्थित फिर्ती केन्द्रमा पुगेका थिए

कार्यक्रममा सहभागी हुन आएका ती कलाकारहरुसहित स्थानीय नेपाली कलाकार र आयोजक टोलीसहित ३२ जना अध्यागमन उल्लंघन गरेको आरोपमा यसै महिना ६ तारिक मा कार्यक्रमस्थल हुने भनिएको स्थान क्वालालम्पुरको कोताराय कम्प्लेक्सबाटै पक्राउ परेका थिए ।

दूतावासका अनुसार पक्राउ पर्ने अन्य कतिपय छुटिसकेका छन् भने कतिपय अदालतको फैसलापछि जेल र फिर्ती केन्द्रमा छन् । मलेसियामा अदालती फैसलाअनुसार जरिवाना रकम तिरेका र जेल सजाय पूरा गरिसकेपछि फिर्ती केन्द्रमा राख्ने गरिन्छ । फिर्ती केन्द्रमा रहेकाहरु हवाई टिकटको व्यवस्था मिलाएर स्वदेश फर्कन पाउँछन् ।

गायक शम्भु राईलाई ‘साइबर मुद्दा’ लगाइयोस् : सांसद मीन विश्वकर्मा

प्रकाश सपुतको चर्चित गीत ‘गलबन्दी’बारेको विवाद संसदमा प्रवेश गरेको छ।  सत्तारुढ नेकपा निकट गायक शम्भु राईले प्रकाश सपुतलाई भाका चोरीको आरोप लगाएका थिए। यसप्रति प्रतिपक्षी सांसदले आपत्ति जनाएका छन्।

नेपाली काङ्ग्रेसका मीनबहादुर विश्वकर्माले प्रतिनिधिसभाको सोमबार बसेको बैठकको विशेष समयमा बोल्दै गायक राईका मतियारले प्रकाश सपुतलाई जातीय विभेद हुने गरी गाली गरेको आरोप लगाए तथा उनीमाथि कार्बाहीको माग गरे।’ ‘अहिले के युवा के बालक सबैले यही गीत गुनगुनाइरहेका छन्। विदेशी मनले पनि यही धुन गुनगुनाइरहेका छन्। प्रकाश सपुत र शान्तिश्री परियारलाई राज्यले सम्मान गर्नुपर्ने हो; तर सत्तारुढ दलका भ्रातृ सङ्गठनका कलाकारले सपुतविरुद्ध मुद्दा हालेछन्, लोकभाका भनेकै पूर्वजले गाउँदै अनुयायीले पछ्याउँदै जीवन्त राख्नु हो।  लोकभाका न नक्कल हुन्छ न चोरी हुन्छ। शम्भु राईसँग मिल्ने कुरा होइन।’ सांसद विश्वकर्माले सदनमा भने।

प्रकाश सपुतविरुद्ध नीच गाली गरिएको भन्दै सांसद विश्वकर्माले उनीहरूमाथि साइबर ल र जातीय भेदभावविरुद्धको कसुरअन्तर्गत कार्बाहीको माग गरे।

‘गायक सपुतलाई शम्भु राई र उनका मतियारले जातीय रूपमा नीच गाली गरेको पाइएको छ। सिङ्गो दलित समुदायलाई अपमान हुनेगरी नीच गाली गर्नेलाई जातीय भेदभावअनुसार कारवाही गर्नुपर्छ। अन्यथा सिङ्गो दलित समुदाय आन्दोलनमा होमिने छ।’

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्