Logo

प्रदेश नं १ को नाम ‘कोशी किरात’ वा ‘किरात सगरमाथा’ मा छलफल-मुख्यमन्त्री शेरधन राई


विस २०७२ असोज ३ गते जारी गरिएको नेपालको संविधानको अनुसुचि ४ बमोजिम नेपाललाई ७ प्रदेशमा विभाजन गरिएको छ । प्रदेशहरु पहिलेकै जिल्लाहरूलाई समुह बनाएर बनाईएको छ ।

तै पनि दुई जिल्लाहरू ( नवलपरासी र रूकुम ) भने टुक्रयाएर दुई प्रदेशमा पारिएको छ । संविधानको धारा २९५ (ख) बमोजिम प्रदेशहरुको नामाकरण सम्वन्धित प्रदेशको संसदको दुई तिहाईले गर्ने प्रावधान छ ।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ को नामका किरात, कोशी किरात, सगरमाथा राख्ने विषयमा छलफल भइरहेको बताएका छन् ।

प्रेस संगठनले आइतबार बिहान गाईघाटमा आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री राईले केही दिनभित्र प्रदेशको नाम टुंगो लाग्ने बताए । उनले सहमतिमै प्रदेशको नाम टुंगो लगाइने दोहोर्याए ।

‘असारको दोस्रो हप्ताभित्र टुंगो लगाइसक्छौ, प्रदेशको राजधानी विराटनगरमा राख्ने विषयमा सबैको सहमति भएभैm नाम पनि सर्वसम्मत गरिनेछ,’ मुख्यमन्त्री राईले भने ।

उनले कृषि क्षेत्रबाट प्रदेशको समृद्धि हासिल गर्नका लागि आपूmहरुले ६० प्रतिशत बजेट कृषि क्षेत्रका लागि छुट्याएको बताए ।

उनले अहिले संघीयता र गणतन्त्रमाथि चारैतिरबाट प्रहार भइरहेको भन्दै प्रजातान्त्रिक र गणतान्त्रिक शक्तिहरु एकजुट हुनुपर्ने औल्याए ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्