Logo

सांसदहरुलको प्र्स्ना ‘तराई मधेस द्रुतमार्ग निर्धारित समयमै पूरा होला त’ ?


प्रतिनिधिसभाका सांसद्हरुले तराई मधेस द्रुतमार्ग निर्धारित समयमै पूरा हुनेमा शंका व्यक्त गरेका छन् । व्यवस्थापिका संसद्को विकास समितिले आयोजना गरेको बैठकमा बोल्दै सांसदहरुले आयोजनाबारे चिन्ता व्यक्त गरेका हुन् ।

सांसद् गणेश पहाडीले डीपीआर निर्माणको काम अहिलेसम्म नसकिएकाले २ वर्षको निर्धारित समयमा आयोजना निर्माणको काम सकिनेमा आशंका व्यक्त गरे । यसले लागत पनि बढाउने भन्दै उनले निर्माणलाई तीव्रता दिन माग गरे ।

खोकनाको विवादकैबीच २ कम्पनीलाई ठेक्का दिइएको विषयमा पनि सांसद् पहाडीले आपत्ति जनाए । विवादकै बीच निर्माणको ठेक्का दिन नहुने तर्क सांसद् पहाडीको छ ।

४ लाख ४७ हजार विरुवा रोप्नुपर्ने सहमति कार्यान्वयन नभएको तथा महँगो भाडा तिरेर ल्याइएका उपकरणको प्रयोगबारे पनि उनले जिज्ञासा राखेका थिए ।  ‘तोकिएको विरुवा नरोपिएको र महँगा उपकरण प्रयोगमा नआएको सुनिएको छ । यसको सत्यता के हो ?’, सांसद् पहाडीले बैठकमा भने ।

अर्का सांसद् अनिल कुमार झाले कूल ७२ किलोमिटर सडकमध्ये ५४ किलोमिटरमा मात्रै काम भइरहेको भन्दै बाँकी क्षेत्रको कामबारे जिज्ञासा राखेका थिए । ठूलो परिमाणमा रुख काटिए पनि वृक्षारोपणतर्फ ध्यान नदिएको भन्दै उनले पर्यावरणप्रति सचेत हुन सुझाए ।

सांसद् जिपछिरिङ लामाले पनि ४ वर्षमा आयोजना सम्पन्न हुनेमा शंका व्यक्त गरे ।  आयोजना निर्माण हुन सक्ने मिति र लागत नेपाली सेनाले भन्नू पर्ने उनले बताए । उनले भने, ‘छिटोछिटो काम भयो भने पनि अझै ५ वर्ष लाग्छ, सेनाले स्पष्ट जवाफ दिनुपर्‍यो । मेलम्चीको हालत नहोस ।’

सांसद रामबहादुर बिष्टले सेनाप्रति विश्वस्त भए पनि २ वर्षमा सम्पन्न नहुने हो कि भन्ने आशंका उत्पन्न भएको गुनासाे उक्त अवसरमा गरे ।

संसदको विकास तथा प्रविधि समितिकी सभापति कल्याण खड्काले पछिल्लो समय काममा ढिलासुस्ती भएको बताइन । अब २ वर्ष मात्रै समय बाँकी रहेकाले कार्ययोजना बनाएर मात्रै काम गर्न उनले सेनालाई सुझाएकी छन् ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्