Logo

८ वर्षीया बालिकालाई जर्बजस्ती करणी मुद्धामा ७ वर्षदेखि फरार एक अभियुक्त पक्राउ


बाराबाट प्रहरीले जर्बजस्ती करणी मुद्धामा ७ वर्षदेखि फरार एक अभियुक्तलाई पक्राउ गरेको छ । जितपुर सिमरा उपमहानगरपालिका वडानंम्बर २२ का मानबहादुर थिङ पक्राउ परेका हुन् ।

थिङ वि.स. २०६९ मंसिर २९ गते साँझ स्थानीय ८ वर्षीया बालिकालाई जर्बजस्ती करणी गरेर फरार भएको दावी प्रहरीको छ ।

काठमाडौंमा लुकीछिपी बसेको सूचना पाएपछि बाराबाट गएको प्रहरी टोलीले यही असार ४ गते पक्राउ गरेको थियो ।

बारा जिल्ला अदालतको आदेशले थिंगलाई पूर्पक्षका लागि वीरगञ्ज कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्