यहाँ लोकतन्त्र कहाँ छ ?
प्रदिप सुनुवार
काठमाण्डौ-सत्ताको सिंहासनमा जनताको दुई तिहाई मत प्राप्त गरेको नेकपाको सरकार छ। राजनीतिक दलले दिएका आश्वासनले गर्दा र जनताको अपेक्षा पनि निकै ठुलो थियो । तर यी दुई आश्वासन र अपेक्षा बिचको धेरै भिन्नता पश्चात् जनताको आशा निराशामा परिवर्तन हुनपुगेको छ।
सरकारको नारा यस्तो छ, ‘समृद्ध नेपाल सुखी नेपाली लाग्छ अब सबै जनताको दुखका दिन गए ।’ प्रधानमन्त्री ओलि बारम्बार भन्नुहुन्छ कोही यहाँ बेरोजगार नहुने खान नपाएर र औषधि उपचार बिना मर्नु नपर्ने ! तर दुर्भाग्यवश त्यसो हुनसकेको छैन ।
संविधानसभाबाट लोकतन्त्रको घोषणा गरियो र नेपाललाई लोकतान्त्रिक मुलुकका रूपमा चिनाउन थालियो । यहाँ यी भनिएको र लेखिएको कुरा भन्दा पनि हामी आम जनतालाई यो लोकतन्त्रको अनुभुती भएको छ वा छैन भन्ने विषय प्रमुख हुन्छ । साच्चै के लोकतन्त्र भनेको आज हामीले जे – जस्तो भोग्दै छौ त्यही हो त ? बिल्कुल पनि हैन।
सामान्य भाषामा भन्ने हो भने लोकतन्त्र भनेको जनतालाई जनताद्वारा निर्वाचित गरिएको प्रतिनिधिले गर्ने शासन व्यवस्था भनिन्छ । यस व्यवस्थामा जनताको समानता र स्वतन्त्रताको विषयलाई मुख्य मानिन्छ । लोकतन्त्रका दुई धारा छन, उदारवादी (पुजीवादी)लोकतन्त्र र माक्र्सवादी लोकतन्त्र । र, यी दुबैले लोकतन्त्रलाई स्वीकार छन।
उदारवादी पुजीवादी व्यवस्थाले दलीय प्रतिस्पर्धा वा बहुदलीय व्यवस्थालाई स्वीकार गर्दछ भने यता माक्र्सवादी लोकतन्त्रले यसलाई स्वीकार गर्दैन । आज विश्वका धेरै मुलुकमा यही उदारवादी लोकतन्त्र प्रचलित रहदै आएको छ । यी राज्यहरुले आफ्नो सत्ताको आयु लम्ब्याउनका निम्ति मजदुर वर्ग र जनसाधारणलाई राजनीतिक अधिकार र बालिग मताधिकार दिन बाध्य भयो।
आज हामीले भोगेको लोकतन्त्र भन्दा पुजीवादी मुलुकमा रहेको लोकतन्त्र धेरै नै उच्च स्तरको छ। सन्दर्भ नेपालमा लोकतन्त्र कहाँ छ ? जनताले आफ्नो हकहित ,न्याय, अधिकार खोज्न नपाउदा यहाँ नामको लोकतन्त्र मात्रै हो जस्तो लाग्छ ।
आम नेपाली जनताले इतिहास देखि वर्तमानसम्म आइपुग्दा धेरै भन्दा धेरै राजनीतिक घटनामा संर्घष गर्दै आएका छ्न । माक्र्सले भने अनुसार हामी जनताले हरेक ५ वर्षमा आफुलाई शासन गर्ने शासक छान्ने अधिकार मात्र छ, हामीलाई । ती सबै शासक जनता माथी शोषण गर्नैका लागि बनेको हुदो रहेछ ।
जनताले लडेको सम्पुर्ण जनताको सुन्दर भविष्यका निमित्त लडेका थिए तर त्यसो भएन । आज पनि विगतझै राज्य सत्ताका शासक बाट जनता माथी दमन शोषण जारी नै छ। जनताले कस्तो स्वतन्त्रता र कस्तो समानता पाएका छन । कम्युनिस्टको नाम गरेका व्यवहारमा गैर कम्युनिस्ट भन्दा पनि धेरै माथीलो स्तरमा रहेको पार्टीबाट जनताले के अपेक्षा राख्नु ।
सरकारमा रहेका दुई कोपाईलोट जस्ले सर्वहारा, मजदुर, श्रमिक वर्गको निमित्त भनेर माक्र्सवाद, लेलिनवाद, माओवादको सिद्धान्तलाई अंगिकार गरेर के आजको यो अवस्थाको लागी हो ?
यी दुई तिहाई बहुमत प्राप्त नेकपाको सरकारले जनता माझ आशाका सपना यति छरिदिएको छ कि दुई तीन वर्ष यहीँ सपनाको भरमा जनता बाँच्ने छन । पछिल्लो चरणको केहि प्रतिनिधि घटनाहरुलाई हेर्दा हामी कुन राज्य व्यवस्थामा बाँचेका छौ भनेर झस्काउछ।
किनभने लोकतन्त्रको कुन व्यवस्थाले भन्छ, जनताले न्याय माग्दा गोलीबाट न्याय प्रदान गरिन्छ । न्याय दिन नसकेपनि गोली, बुट, लाठि प्रहार गर्ने अधिकार यो सरकारलाई छैन । हिजोका शासकहरु झै सत्ता विरुद्धका आवाजहरु निस्तेज पार्न उ जुन सुकै कदम चाल्न पछि हटेको छैन ।
यस्ता धेरै घटनाहरु छन, जुन हेर्दा लाग्छ यो सरकार श्री ३ श्री ५ भन्दा उत्कृष्ट नै हो कि भन्ने लागेको छ । एउटा गायकले वर्तमान परिवेशलाई चित्रण गर्दै एउटा गीति गायका थिए त्यो गीतमा पनि सरकारलाई आपत्ति भयो । लोकतन्त्र यहाँ कहाँ छ, के लोकतन्त्रमा नै हैन स्वतन्त्रता र समानता हुने भनेको हैन ?
सरकार जनता माझ विकास र समृद्धिका ठुला-ठुला सुचीहरु प्रस्तुत गर्दछ। जुन देशमा समुद्र छैन त्यो देशमा पानी जहाज ल्याउने कुरा गर्दछ, कोसी वा नदिमा चल्नेलाई डुङ्गा भनिन्छ जहाज भनेको समुद्रमा चल्दछ । सरकारले जहाज र डुङ्गा बिचको भिन्नताको दुबिधामा छ भन्ने देखिन्छ ।
जनताको हितमा तिनको साझेदारी देखिदैन तिनका चेतनामा के छ ? संसारका हरेक वस्तुको उत्पत्ति संगै अन्त्य निश्चित छ, यो प्रकृतिको नियम नै हो भने, यो सरकारको दम्भ कति समयको भन्ने हो।
अब कुरा गरौं रेल र घरघरमा ग्यास पाइपको प्रसङ्गमा यो प्रकार विकास आवश्यक छ तर विकास भनेको प्राकृति रुपमा क्रमिक रूपमा हुन्छ तर यहाँ हरेक कुरामा छलाङ मार्ने लक्ष्य देखिन्छ । वर्तमान समस्याहरुको समाधानको विषय उठदा वर्तमान प्रधनमन्त्री आवेगमा आएको देखिन्छ ।
जनताले आफुलाई लागे जिज्ञासा राख्न पाउनु पर्ने हैन र,तर यहाँ कहाँ छ लोकतन्त्र ? तर सरकार आफ्नो कमजोरीहरु स्वीकार गर्दैन । उसका कमजोरहरुमा जनताले प्रश्न चिन्ह राख्न नपाउने के यो कस्तो लोकतन्त्र होला। सरकारमा रहेका दुई कोपाईलोट जस्ले सर्वहारा, मजदुर, श्रमिक वर्गको निमित्त भनेर माक्र्सवाद, लेलिनवाद, माओवादको सिद्धान्तलाई अंगिकार गरेर के आजको यो अवस्थाको लागी हो ?
२००७ सालको जन आन्दोलन २०२८ को झापा आन्दोलन,२०४६ को जन आन्दोलन, २०५२- २०६३ सम्मको जनयुद्ध यी सबै आन्दोलनमा हजारौं नेपालीहरुले आफ्नो बलिदान दिए के आजको यो अवस्था भोग्न कै लागी हो आमजनता लडेको ?
पटक – पटक व्यवस्था फेरिएको नाममा व्यक्ति मात्रै फेरियो राज्यको संरचना आज सम्म त्यही नै छ। इतिहास साक्षी छ नेपाली जनता सधैं अन्याय, शोषण, दमनको विरुद्ध लडेका थिए फेरि त्यस्ता कुराहरू दोहोरिएमा जनता फेरि त्यसका विरुद्ध पनि लड्नेछन । नामको लोकतन्त्रबाट जनतामाथि शासन कहिले सम्म हुने हो ?
हजारौं नेपालीले आफ्नो श्रम विश्व बजारमा बिक्री गरेर प्राप्त रेमिट्यान्स बापत चलेको सरकारको गर्जन सूनिन्छ । विदेशी भुमिमा रहेको नेपालीलाई नेपाल फिर्ता बोलाउने र स्वदेशमै रोजगार उपलब्ध गराउने । यो कुरा आफैमा धेरै नै उत्कृष्ट छ ।
यो कुरा बोलिमा मात्रै हैन व्यबहारमा आए अत्तिनै सान्दर्भिक हुन्थ्यो होला । तर सरकार अरु राष्ट्रमा रोजगारी को नयाँ देशहरु खोज्दै छन । किनभने आज रेमिटेन्सले यहाँको अर्थतन्त्रमा ठुलो सहयोग पुगेको छ।
आफ्नो देशको कुनै उत्पादन छैन हामी हरेक वस्तु अरुको भरमा आश्रति रहेको छौ । सिमित व्यक्तिको आर्थिक उन्नतिसित आम नेपाली जनताको आय स्रोतको बराबरीता दाजन मिल्दैन । केहि व्यक्तिको उन्नतिका निम्ति हजारौं नेपालीले आफ्नो ज्यानको बलिदान दिएका हुन त ?
कहाँ छन ती अगुवा जो वर्गीय समानता र स्वतन्त्रताका मुक्तिका निमित्त लडेका कमरेडहरु। साच्चै जनताको हितमा तिनको साझेदारी देखिदैन तिनका चेतनामा के छ ? संसारका हरेक वस्तुको उत्पत्ति संगै अन्त्य निश्चित छ, यो प्रकृतिको नियम नै हो भने, यो सरकारको दम्भ कति समयको भन्ने हो।
नेपालमा धेरै व्यवस्थाहरु बदलिए तर पनि राज्यको कार्यशैली उहीँ नै छ। पटक – पटक व्यवस्था फेरिएको नाममा व्यक्ति मात्रै फेरियो राज्यको संरचना आज सम्म त्यही नै छ। इतिहास साक्षी छ नेपाली जनता सधैं अन्याय, शोषण, दमनको विरुद्ध लडेका थिए फेरि त्यस्ता कुराहरू दोहोरिएमा जनता फेरि त्यसका विरुद्ध पनि लड्नेछन । नामको लोकतन्त्रबाट जनतामाथि शासन कहिले सम्म हुने हो ?