चर्चित गीतकार तथा कवी बिरेन्द्र राईको अध्यक्षमा ‘देशभक्त लेखक संघ, नेपाल’ स्थापना गरियो
नेकपा (माओवादी केन्द्र) सम्वद्ध देशभक्त लेखक सङघ केन्द्रिय कमिटी गठन गरेको छ । अध्यक्षमा चर्चित गीतकार तथा कवी बिरेन्द्र राई ‘देशभक्त लेखक संघ, नेपाल’ स्थापना गरिएको छ । महान जनयुद्ध र जनआन्दोलन हुदै संविधानसभाले सामन्ती राजतन्त्रको अन्त्यसंगै लोकतान्त्रिक गणतन्त्र स्थापना गरियो । रुप पक्षमा परिवर्तन भए पनि अर्थ–राजनीतिको सारतत्वमा यथास्थिति कायम छ ।
गीतकार वीरेन्द्र राईले सात सयभन्दा बढी गीत लेखिसकेका छन् । सयौं गीतमध्ये एउटा उनको मनको सबैभन्दा नजिक छ, जसले उनलाई २६ वर्षयता बेलाबेला झस्काइरहन्छ । मुटु असह्य हुने गरी रेटिरहन्छ । ०४० सालमा एलएलसी परीक्षा दिएर उच्च शिक्षा पढ्न खोटाङबाट काठमाडौं आएँ । ‘म मरेको पल’ करिब २७ वर्षअघि लेखेको गीत हो । यसको चर्चा आजसम्म पनि चर्चित छ । यो गीत लेखिनुमा कारुणिक विगत छ ।
नेपाली समाजको वर्गीय, जातीय, क्षेत्रीय, लैंङ्गिक उत्पीडन र राष्ट्रिय स्वाधीनतावारे समस्या यथावत छ । जनयुद्ध र जनआन्दोलको समय गणतन्त्र विरोधी कित्तामा रहेकाहरु गणतन्त्रको संचालक हुन पुग्नाले सामन्ती राजतन्त्रको तुलनामा प्रगतिशील देखिएको पुँजीवादी गणतन्त्र जोखिममा छ । राणाशासन विरुद्ध २००७ मा स्थापित बहुदलीय प्रजातन्त्र २०१७ मा खोसिनाले नेपाली जनताले ३० वर्ष भोग्नु परेको जस्तै फासिवादी शासन दोहो¥याउने उद्योगमा कम्युनिष्ट खोल ओढेका ‘लालफित्ते पुँजीवादी’हरु लागेका छन ।
उपरोक्त पृष्ठभूमिमा विद्यमान गणतन्त्रलाई उत्पीडित वर्ग, जाति, क्षेत्र, महिला तथा देशभक्तहरुको गणतन्त्रमा बदल्न संघर्षरत नेपाली सर्वहारावर्ग र उत्पीडित जनसमुहको राजनीतिक धाराका लेखक, कलाकार, संगीतकर्मी तथा बुद्धिजीविहरु संगठित हुनैपर्ने ऐतिहासिक एवं वस्तुगत आवश्यकता खड्केको छ ।
अतः गणतन्त्र, धर्मनिरपेक्षता, आंसिक समानुपातिक समावेशी, मौलिक अधिकार, स्वतन्त्र परराष्ट्र नीति, स्थानीय सरकार र संघीयताको सिद्धान्त जस्ता उपलब्धीको रक्षा गर्दै संविधानको कमजोरी सच्याउन (संविधान) पुनर्लेखनको माग गर्ने लेखकहरु संगठित हुनै परेको छ । यसरी माक्र्सवाद–लेनिनवाद–माओवादको विज्ञानलाई पथपर्दशक सिद्धान्त स्वीकार गर्ने लेखक तथा बुद्धिजीविहरुले संगठित आन्दोलन उठाउन क. बीरेन्द्र राईको अध्यक्षतामा, काठमाडौंमा एक भेला गरी ०७६ असार ५ गते ‘देशभक्त लेखक संघ, नेपाल’ स्थापना गरिएको छ ।