Logo

गलबन्दी गीत सम्भु राईबाट नै लिएको दाबी ‘किराती नव सांस्कृतिक केन्द्र’ले बिज्ञप्ती जारी गर्‍यो


अहिले नेपाली संगीत उद्योगमा लोक-आधुनिक गायकको सम्राट र संगीतकार शम्भु राईको गीत ‘आऊ नाचौँ साथी हो…’ बाट युबागायक प्रकाश सपुतले गाएको गीत ‘गलबन्दी…’ चोरीको बात लागेको छ । अन्ततः शम्भु राईको जीत हुने निश्चित जस्तै देखिन्छ । ‘किराती नव सांस्कृतिक केन्द्र’को अध्यक्ष राकेश किरातीद्धारा हस्ताक्षर गरिएको बिज्ञाप्तिमा गलबन्दी गित सम्भु राईबाट नै लिएको दाबी गरिएको छ ।

गायन र संगितको क्षेत्रमा चर्चाभन्दा मिहेनतमा विश्वास गर्ने शम्भु राईको ‘आउ नाचौं साथी हो कम्मर कसेर’ गीतको संगित गलबन्दी च्यातियो बोलको गीतसँग लय भाका हुबहु भएको ठहर सँगसङ्गै बिभिन्न ब्यक्तित्वहरु, कलकारहरु, मिडियकर्मिहरु, संगीतकारहरु, कला क्षेत्रका संघसंस्थाहरुबाट हुन थालेको छ ।

गलबन्दी च्यातियोका संगीतकारले नियतवश लय भाका हुबहु बनाएको ठहर ‘किराती नव सांस्कृतिक केन्द्र’ले गरेको छ । अध्यक्ष राकेश किरातीले प्रेस विज्ञप्तिमार्फत् चलाखीपूर्ण ढंगले लय भाका मिलाएको ठहर गरेको हो ।

गायक शम्भु राई सहित धेरै दर्शक र श्रोताले शम्भु राईको गीतसँग ‘गलबन्दी’ को लय ठ्याक्कै मिल्न गएको दाबी गर्छन् । उक्त देउसी गीत उनले २८ वर्षअघि नै ‘फूल फुल्यो गाउँबेंसी’ एल्बमका लागि रेकर्ड गराएका थिए भने पछि रि–रेकर्डिङ गराएका थिए ।

कला क्षेत्रमा चोरी चकारीका कारण सृजनाहरु ऋपमान र असुरक्षित भएको भन्दै चर्चित हुने प्रवृत्रि र लोभ लालचले सृजनशिलता नै शुन्य हुने खतरा बढेकोतर्फ सचेत गराइएको छ । शम्भु राईलाई क्षतिपूर्ति सहित न्याय प्रदान गर्न माग समेत गरिएको छ ।

सपुतको पहिला पनि गीत अरुको बाट ल्याएको भन्ने आरोप थियो । सपुतलाई चिनाउने दोहोरी ब्याटल पनि कपीको आरोपबाट मुक्त थिएन । नारायणगोपालको ‘बैनीको दया छ भने’ गीतसँग मिल्दोजुल्दो छ । मेलोडी खास फरक छैन । यत्ति हो, सपुतले आधुनिक शैलीमा ढालेका छन् । केही सर्जक र दर्शकश्रोताले यो कुरा उठाए पनि त्यत्तिकै सेलाएको थियो । अब सपुतको गित अरुसँग मिल्दै जाने अनि सृजना चाही सपुतकै हो भन्दै जाने हो ?

गम्भिर प्रश्न संगीत उद्योगमा रहेको छ । हिट गीत खोजिमा उनीहरूले चोरीको आरोप खेप्नुपरेको छ । त्यो पनि एक पटक होइन, पटक–पटक । सर्जक आफैँ सिर्जनाप्रति इमानदार नहुनु विडम्बना त हो नै, अर्काको सिर्जना बिनाअनुमति लिन कानुनले पनि बन्देज गरेको छ ।

यसअघि गलबन्दी च्यातियो बोलको गीतका संगितकार प्रकाश सपूतले लय भाका संयोगले मिल्न गएको स्वीकारिसकेका छन् । उनले नियतवश नभई संयोगले मात्र भएको दाबी गरेका थिए ।

बिज्ञप्ती हेर्नुस

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्