Logo

‘गलबन्धी’ गीत शम्भु राईको गीतसँग मिल्छ -जितेन राई


-जीतेन राई

भन्न मन लागेको केही कुरा –सन्दर्भ सङगीत कपि गरिएको बारे आक्षरिक अर्थ सहित केही कुरा —सङगीत भन्नाले गाउने र बजाउने कलाको एकीकृत रूप हो। लयभाका भन्नाले सङगीतमा ताल र स्वरको एकता हो। लोकको अर्थ सातलोक मध्ये मानिस बस्नेरहने जनलोक हो। लोकगीत के हो ? त्यही जनलोकको वास्तविक जीवन भोगाईमा लेखिएको, सृजना गरिएको वा सृष्टि गरिएको गीत नै लोक गीत हो।

लोकसङगीत के हो ? जनलोकलाई लक्षित गरि लोकलाई सुहाउने सरस र सरल तरिकाले सृजना गरिएको वा रचना गरिएको लयलाई नै लोकसङगीत भनिन्छ। त्यस्तै लोक साहित्य पनि। लोकगीत, लोकसङगीत, लोकसाहित्य, लोक बाजा, लोकआख्यानको स्रष्टा वा सृजना गर्ने मानिस हुन्छ र पहिला पनि थियो,चाहे त्यो जातिविशेष, लिङ्गविशेष, चाडविशेष, ऋतुविशेष, कामविशेष, क्षेत्रविशेष, पेशाविशेष वा धर्मविशेष जे जस्तोभए पनि।

दुबै गीतको वद्यसङगीत (बाजा) हटाई दिने हो भने र गीतको अघिपछिको गाउने सङगीत (लय) हटाई दिने हो भने मूल वा मुख्य गायन सङगीत एउटै छ मात्रै शम्भु जी र प्रकाश भाईको गायन कौशल (गाउने कला) मात्रै थोरै फरक सुनिन्छ।

रेडियो नेपालको स्थापना २००७ सालमा मात्रै भएको हो काठमाडौमा। त्यस पछि मात्रै Electronic media मा लोकगीत र लोकसङगीत भनेर प्रसारण हुन थालेको हो। त्यो भन्दा अगाडी जनलोकमा लोकगीत र लोकसङगीतका प्राय स्रष्टाहरु अपरिचित वा अज्ञात रहेको हुनाले तत्कालीन रेडियो नेपालका जिम्मेवार पक्षहरुबाट संग्रह गरेर ल्याउँने व्यक्तिलाई सङ्कलक र संग्रह गरिने कामलाई सङ्कलन भन्ने प्रचलन चलेको मात्रै हो। हिजो आज कसले के सृजना गरयो सबैलाई थाहा हुने सुविधहरु छन।

कुरा रह्यो शम्भु राई जी र प्रकाश सपूत भाईको ” आउ नाचौँ साथी हो” र “गलबन्दी च्यातियो” बोल भएको गीतको सङगीत कपि भएको कुरा। दुबै गीतको वद्यसङगीत (बाजा) हटाई दिने हो भने र गीतको अघिपछिको गाउने सङगीत (लय) हटाई दिने हो भने मूल वा मुख्य गायन सङगीत एउटै छ मात्रै शम्भु जी र प्रकाश भाईको गायन कौशल (गाउने कला) मात्रै थोरै फरक सुनिन्छ।

मलाई थाहा छैन म अनुमान मात्रै गर्न सक्छु शम्भु राई जीले नै पहिला सङगीत गरेर रेकर्ड गरेको आशय वा अभिप्राय हो मेरो। अर्को अर्थ नलागेमा न्यायाधीश नभइ हामीले बोल्ने हो भने अग्रज स्रष्टाहरुको सम्मान गर्नु पर्छ, जानअन्जान गल्ती भए माफी पनि माग्नु पर्छ, घमण्ड गर्नु हुँदैन कि भन्छु, कसैबाट पनि त्यस्तो कार्य नहोस, हामीले निर्माण गर्ने संस्कृति पनि त्यही होला सायद, भोलि आफू पनि अग्रज भइन्छ नै। अग्रज पनि अनुग्राही पक्कै हुनुहुने छैन। यो मेरो नितान्त व्यक्तिगत बिचार हो कसै प्रति लक्षित छैन मात्रै प्रक्रिया प्रति लक्षित हो ।

(यो निजी बिचार लेखकको फेसबुकबाट लिएको हो )

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्