Logo

बाक्सिला फुटबल क्लवलाई जिल्ला फुटबल लिगको उपाधि


खोटाङमा आयोजित जिल्ला लिग फुटबल प्रतियोगीताको उपाधि बाक्सिला फुटबल क्लवले उचालेको छ । शनिबार सम्पन्न प्रतियोगीतामा खोटाङ फुटबल एकेडेमीलाई शुन्यका बिरुद्ध २ गोल गर्दै बाक्सिला फुटबल क्लवले उपाधि जितेकोे हो । हारसँगै खोटाङ फुटबल एकेडेमीले उपविजेतामा चित्त बुझाएको छ । बाक्सिला फुटबल क्लवका लागि गंगा मगर र भीम राईले पहिलो हाफमा १/१ गोल गर्नुभएको थियो ।

दिक्तेलको माटिकोरे खेलमैदानमा आयोजना गरिएको प्रतियोगीताका बिजेतालाई नगद २५ हजार र उपविजेतालाई नगद १५ हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको प्रतियोगीताका आयोजक जिल्ला फुटबल संघ खोटाङका अध्यक्ष ध्रुबविक्रम राईले बताए । जिल्ला लिगका विजेता टिमले प्रदेश स्तरिय लिगमा प्रतिष्पर्धा गर्ने अवशर पाएका छन् ।


प्रतियोगीतामा खोटाङ भगवती स्पोर्टस क्लवका जीवन परियार उत्कृष्ट डिफेन्डर, हलेसी तुवाचुङ फुटबल क्लवका डिकेन राई उत्कृष्ट मिडफिल्डर, खोटाङ फुटबल एकेडेमीका शैलेन्द्र बजिमय हाइस्कोरर र बाक्सिला फुटबल क्लवका नविन राई बेष्टकिपर घोषित भएका छन् । प्रतियोगीताका बिजेतालाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजाल, केपिलासगढी गाउँपालिकाका अध्यक्ष कृष्णकुमार राई, अखिल नेपाल फुटबल संघ (एन्फा) का सदस्य दिपककुमार राई लगायतले पुरस्कार प्रदान गर्नुभएको छ । खेलमा बुईपा इलाभेन स्पोर्टस टिम र जन्तेढुंगा फुटबल क्लव रेलीगेसनमा परेको छ ।

यसैविच, प्रतियोगिताको अवसरमा जिल्ला फुटबल संघका पदाधिकारी र नेपाल पत्रकार महासंघ खोटाङबीच भएको मैत्रीपुर्ण फुटबल खेलमा फुटबल संघले जितेको छ । पत्रकार महासंघलाई दुईका विरुद्ध तीन गोल गर्दै संघले जित हासिल गरेको हो ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्