Logo

एम्बुलेन्स दुर्घटना हुँदा एकको मृत्यु एक घाइते


बिरामी लिन गएको एम्बुलेन्स आइतबार बिहान दुर्घटना हुँदा रामेछापमा १ जनाको मृत्यु भएको छ । अर्का १ जना घाइते भएका छन् ।

नेपाल रेडक्रस सोसाइटी, भीमेश्वर उपशाखा सिन्धुलीको बा २१ च ७५२५ नम्बरको एम्बुलेन्स मन्थली–६, कुनौरीमा दुर्घटना हुँदा यसका चालकको घटनास्थलमै मृत्यु भएको हो । उनको परिचय खुलेको छैन ।

जिल्ला प्रहरी कार्यालय, रामेछापका अनुसार, दुर्घटनामा अर्का १ जना घाइते भएका छन् । उनलाई उपचारका लागि अस्पताल लगिएको छ ।

दुर्घटनाग्रस्त एम्बुलेन्स सडकबाट २०० मिटर तल खसेर क्षतविक्षत छ । दुर्घटना कसरी भयो भन्ने खुलेको छैन । प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ ।

बिरामी लिन मन्थली गएको एम्बुलेन्समा चालकसहित २ जना मात्र सवार थिए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्