Logo

‘फुलन्देकी आमा’लाई सम्मान तथा नगद पुरस्कार दिइने


ललितपुर । किरात राई सांस्कृतिक कलाकार संघले आफ्नाे १४औं स्थापना दिवसको अवसरमा किरात संस्कृतिविद गडुलमान राईलाई सम्मान गर्ने भएको छ । संघले नगद १० हजारसहित राईलाई किरात राई सांस्कृतिक सम्मान प्रदान गर्न लागेको हो ।

संघको स्थापना दिवस आगामी असार १४ गते ललितपुरको जिल्ला समन्वय समितिको हलमा हुनेछ ।

यसैगरी सो अवसरमा हाँस्य कलाकार उमेश राई (फुलन्देको आमा)लाई ११ हजार १११ रुपैयाँसहित किरात राई प्रतिभा पुरस्कार २०७६ दिइने छ । यो पुरस्कारको अक्षयकोषदाता कृषिविज्ञ मदन राई हुन् ।

सो अवसरमा गायक भिषण मुकारुङ राईलाई नगद ११ हजार १११ सहित तेजलिला किरात संगीत पुरस्कार २०७६ प्रदान गरिने छ । यो पुरस्कारको अक्षयकोषदाता व्यवसायी तेजबहादुर राई हुन् ।

यसैगरी भिडियो निर्देशक चन्द्र वाम्बुले राईलाई २२ हजार २२२ रुपैयाँसहित नरमाया सविरमान किरात भिडियो निर्देशन पुरस्कार २०७६ प्रदान गरिने छ । यो पुरस्कारको अक्षयकोषदाता समाजसेवी युवराज राई हुन् ।

सो अवसरमा किरात राई थुलुङहरुको भाषा र संस्कृतिकको संरक्षण र प्रवद्र्धनमा योगदान दिएको भन्दै थुलुङ राई सांस्कृतिक प्रतिष्ठानलाई नगद १८ हजार ८८८ सहित हर्कजङ्ग छलिशोभा किरात कला पुरस्कार २०७६ दिइने छ ।

प्रतिष्ठानले थुलुङ नामक बालगीत संग्रह निर्माण गरेको थियो । यो पुरस्कारको अक्षयकोषदाता समाजसेवी मनिकुमार राई हुन् ।

संघको स्थापना दिवसको अवसरमा यलम्बर संगीत प्रतियोगिता भाग ५ को अन्तिम प्रतिस्पर्धा समेत गराइने संघका कार्यबाहक अध्यक्ष राजु एण्ड राईले जनाएका छन् ।

संघले संगीत र कलाको माध्यमबाट समुदायको मौलिक धर्म संस्कृतिको रक्षा गर्ने र पहिचान बचाउने उदेश्यले यलम्बर संगीत प्रतियोगिता गर्दै आएको छ ।

यसपटक प्रतियोगिताको अन्तिम चरणमा दश जना छानिएका छन् । जसमध्ये उत्कृष्ट तीन जनालाई क्रमशः २५ हजार ५५५, ८ हजार ८८८ र ५ हजार ५५५ रुपैयाँसहितका पुरस्कार दिइने छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्