Logo

करिब ५० हजार बोट गाँजा त्रिभुवन विमानस्थलभित्रै !


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्र पूर्ण रुपमा प्रहरी तथा सेनाका सुरक्षा घेराभित्र छ । तर, विमानस्थलभित्रै गाँजाको बोट मौलाउने गरेको छ । विमानस्थल क्षेत्रभित्रकै गाँजाको झाडी फाँड्न शनिबार प्रहरीको ठूलौ टोली परिचालन भयो ।

प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सन्दिप भण्डारीको नेतृत्वमा ७१ जना प्रहरी टोलीले विमानस्थल वरपरको क्षेत्रमा गाँजाको झाडी खोज्यो । आइतबार विमानस्थल क्षेत्रभित्रै झण्डै ५० हजार बोट गाँजा फाँडिएको प्रहरीले जानकारी दिएको छ ।

पछिल्लो सयममा प्रहरीले काठमाडौं आसपास नै गाँजा खेति गरिएको र आफैं उम्रिएका बोटहरु पनि संरक्षण गरेर राख्ने गरेको भेटाउने गरेको छ ।

विमानस्थलको चारै कुना क्षेत्रफलमा फैलिएको गाँजा प्रहरीले नष्ट गरेको हो। लागु औषध विरुद्ध दिवस चलिरहदाँ अहिले देशभरकै प्रहरीले आफ्ना क्षेत्रमा रहेको गाँजाको बोट नष्ट गर्ने अभियान चलेको छ।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्