Logo

मुन्धुम शिक्षासहितको पाठ्यक्रम निर्माण : लिम्बू, बान्तवा र सुनुवार भाषामा पढाई हुने


काठमाडौँ । इलाम जिल्लाको माङसेबुङ गाउँपालिकाले किराँत लिम्बू, सुनुवार र बान्तवा (राई ) मातृभाषामा पाठ्यक्रम निर्माण गर्ने भएको छ ।

पाठ्यक्रम निर्माणको लागि माङसेबुङ गाउँपालिकाकी उपाध्याक्ष सुनिता सुब्बाको संयोजकत्वमा ४ सदस्यीय भाषा, संस्कृति, ललितकला संरक्षण विकास समिति गठन गरिएको छ ।

त्यसैगरि नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ हरिचन्द्र लावतीको संयोजकत्वमा थप  ११ सदस्यीय पाठ्यक्रम निर्माण समिति समेत बनाइएको।  समितिको सदस्यहरुमा मनकुमार लिम्बू, आङ्बोहाङ् अबोध अबिरल, दिलबीर सेर्मा (साम्जिरि सेर्मा), ललितचन्द्र फियाँक, डकेन्द्र सिरु थेगिम, मनप्रसाद थलङ्, सचितानन्द राई, तिलबिक्रम फियाँक, डेबिट सुनुवार र अगम बान्तवा, कृष्णकुमार राई छन् ।

बान्तवा भाषाको कक्षा १–५ सम्म, सुनुवार भाषामा कक्षा १–५ सम्म र  लिम्बू भाषाको कक्षा १२ सम्म पाठ्यक्रम निर्माण गर्न लागिएको हो ।

पाठ्यक्रम निर्माण समितिले मुन्धुम शिक्षा अन्तर्गत औषधी, योगा र कम्प्युटर जस्ता विषयका पाठ्यक्रम निर्माण गर्नेछ ।

यसअघि यसै गाउँपालिकाको वडा नम्वर ५ ले आफ्नो वडामा लिम्बू भाषालाई सरकारी कामकाजी भाषाको रुपमा प्रयोगमा ल्याएको थियो।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्