Logo

पूर्वबाट भित्रियो मनसुन,जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार मनसुन बिस्तारै मध्य हुँदै पश्चिम तिर सर्ने


पूर्वबाट भित्रिएको मनसुन बिस्तारै मध्य हुँदै पश्चिम तिर सर्ने क्रममा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दुई दिनअघि भित्रिएको मनुसनको गतिविधि बिस्तार हुँदै गएको र सोमबारसम्म सुदूरपश्चिमका क्षेत्रसम्म मनसुनको प्रभाव पुग्ने देखिएको मौसमविद समिर श्रेष्ठले बताएका छन् ।

पूर्व तथा मध्य क्षेत्रमा भने मनसुनको प्रभाव देखिन थालेको छ । हाललाई लगातारको झरी पर्ने सम्भावना नरहे पनि रोकिँदै पानी पर्ने मौसमविद श्रेष्ठले बताए । लगातारको वर्षाका लागि अझै केही समय पर्खिनु पर्ने बताइएको छ ।

यसैबिच शनिबार देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने छ । पूर्व र मध्य क्षेत्रको मौसम सामान्य बदली हुने र पश्चिम क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहने मौसमविद श्रेष्ठले बताएका छन् ।

मध्य र पश्चिमका केही क्षेत्रमा बिहान मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ । यस्तै पूर्वी क्षेत्रका धेरै स्थानमा मेघ गर्जनसहित मध्यम खालको वर्षा हुने देखिएको मौसमविदले जनाएका छन् ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्