Logo

गलबन्दी गीत काण्डमा दिल निशानी मगरले नबुझेको शम्भु राईको दिल


-सुमन बाङदेल

अहिले नेपाली संगीत उद्योगमा लोक-आधुनिक गायकको सम्राट र संगीतकार शम्भु राईको गीत ‘आऊ नाचौँ साथी हो…’ बाट युबागायक प्रकाश सपुतले गाएको गित ‘गलबन्दी…’ चोरीको बात लागेको छ । यो सगै दर्शक-श्रोताहरु दुई भागमा बाडिए र आ-आफनै मुन्धुम, पण्डित, संगीत (डोल ज्याम्टा), प्रबचन, बकस्मा र डिएनए समेतक बिष्लेषण गर्न थाले । यस लेखको सबिस्तार लोकभाका-लोकगीत-लोकबाजा आदिको सामान्या जानकारिबाट शुरु गरौ ।

लोक भन्नाले ब्रह्माण्डको कुनै एक भाग अथवा खण्ड संसार, जगत्, दुनियाँ, समान संस्कृति, भावना र सामाजिक स्थिति भएका खास भौगोलिक एकाइमा रहने मानिसको समुदाय-जन समुह भनि बुझिएको छ । वा विशेष भूखण्डमा बसोबास गर्ने सर्वसामान्य जनता लोक हुन् र उनीहरूका संस्कृति, साहित्य, सङ्गीत, पराम्परा, रितिरिवाज, चालचलन, लोकसाहित्य आदी बुझिन्छ ।

भाका भन्नाले लोकजीवनमा गीत गाउने खास तौरतरिका वा शैली नै भाका हो । लोकभाकाले स्थानीय ठाउँको, क्षेत्रको प्रतिविम्ब देखाउदछ ।

संगीत भन्नाले गायन, बादन र नृत्यको संगमलाई सङ्गीत भनिन्छ । गायन, वादन र नृत्य यी तीन कुराको समष्टि रुपनै सङ्गीत हो । र, लोकसङ्गीत भनेको लोकगीत, लोकवाद्य, लोकनृत्य हो ।

लोकगीत भन्नाले साधारण शब्दमा लोकले गाउने अथवा लोकको गीत भन्ने बुझिन्छ । लोकगीतमा सामाजिक, राजनीतिक, धार्मिक, आर्थिक, ऐतिहासिक, सांस्कृतिक परिस्थितिहरुको चरित्र चित्रण पनि पाईन्छ । त्यसैले विद्वानहरूले लोकगीतलाई लोकजीवनको वास्तविक दर्पण पनि भनेको छन् । लोकगीत सरल हुन्छ, प्रचार प्रसार मौखिख रुपमा नै हुन्छ । लोकगीत कुनै पनि स्थानका जाति, समाजबाट जन्मेको हुन्छ । त्यस लोकगीतमा त्यसै स्थानको रहनसहन, चाडपर्व, उत्सव, रीतिरिवाज, संस्कृकित आदिको वर्णन पाईन्छ ।

मुख्य कुरा अब लोकभाका-लोकगीत-लोकबाजा आदिमा भाका, भाषा, कथ्य, लय (द्रुत लय, मध्यलय, विलम्वित लय), ताल, तत्व र शार आदीको मिश्रण नै हो ।

यी माथी केहि जानकारीपछी प्रकाश सपुत कहाँ र कसरी गएर गलबन्दी गित सिर्जना गरे भन्ने प्रश्न हुन्छ ? प्रकाश सपुतले आफ्नो ओर्जिनल र अर्गानी लोकभाका गाउन आफ्नो गाउघर्, सामाजिक, राजनीतिक, धार्मिक, आर्थिक, ऐतिहासिक, सांस्कृतिक परिस्थितिहरुमा गएर सिर्जना गर्नु पर्दछ ताकी मोबाईल र ल्यापटपमा पुरानो गीत युटुबमा खोजेर होईन । सपुतले सिर्जना गर्नु भन्दा रिमिक्स वा परिमार्जित गरेर सिर्जना गरेको जस्तै गर्ने काम गरे तर अब दर्शक-श्रोता त निकै बुद्दिमानी र बिबेकशिल पनि छन भनेर बुझनु पर्दछ ।

शम्भु राईको गीत र प्रकाश सपूतको गीतको नोट्सको हिसाबले मुख्य टुक्काको फ्रेमिङ मेलोडी डिस्टिकसन मिलेको देखिन्छ अर्थात सबै श्रोत शम्भु राईको नै हो । बस अलि नयाँ दिएर सिर्जना मेरो हो भन्ने देखाउन खोजे । आम जनमानसमा एउटा धारणा छ ‘प्रकाश सपुतले भयंकर ठूलो गल्ती गरे ।’

दर्शक-श्रोता हुनु भनेको निकै ठुलो सम्पती हो । जसको जलन्त उदारण शम्भु राई हुन । राई एकै महिनाको शुरुवातिमा नेपालको दुर्गम बस्तिमा गीत गाउदै गर्दा महिनाको अन्तिम बिश्वको आधुनिक शहरमा कन्सर्टमा हुन्छन । ब्यस्त हुन्छन किनकी राईसँग दर्शक-श्रोता भएको कारण गर्दा नै हो ।  

गायक शम्भु राईसहित धेरै दर्शक र श्रोताले शम्भु राईको गीतसँग ‘गलबन्दी’ को लय ठ्याक्कै मिल्न गएको दाबी गर्छन् । उक्त देउसी गीत उनले २८ वर्षअघि नै ‘फूल फुल्यो गाउँबेंसी’ एल्बमका लागि रेकर्ड गराएका थिए भने पछि रि–रेकर्डिङ गराएका थिए । ‘आफ्नै सिर्जनामा बलात्कार गरेजस्तो, छातीमा छुरा हानेजस्तो महसुस भयो’ गायक तथा संगीतकार शम्भु राईले भनेको छन । नेपालिमा एक उखान छ, ‘बाछा पाउने गाईलाई मात्र थाहा हुन्छ बाछा पाउदाको पिडा ।’ कती पिडा छ भन्ने कुरा न परिकल्पना गर्न सक्छौ न महसुस गर्न सक्छौ । भाबनात्मका रुपमा सान्त्वना दिन पनि सक्दैनौ । तर सिर्जना ठयाकै मिल्नु सयोग मात्र होइन भन्ने आम दर्शक र संगीत बिज्ञको कुराबाट बुझिन्छ ।

स्मरणरहोस युटुबमा भिउस हुन्छन तर दर्शक-श्रोता हुन्छन पनि हुँदैन पनि । दर्शक-श्रोता हुनु भनेको निकै ठुलो सम्पती हो । जसको जलन्त उदारण शम्भु राई हुन । राई एकै महिनाको शुरुवातिमा नेपालको दुर्गम बस्तिमा गीत गाउदै गर्दा महिनाको अन्तिम बिश्वको आधुनिक शहरमा कन्सर्टमा  ब्यस्त हुन्छन किनकी राईसँग दर्शक-श्रोता भएको कारण गर्दा नै हो ।

सपुतको पहिला पनि गीत अरुकोबाट ल्याएको भन्ने आरोप थियो । सपुतलाई चिनाउने दोहोरी ब्याटल पनि कपीको आरोपबाट मुक्त थिएन । नारायणगोपालको ‘बैनीको दया छ भने’ गीतसँग मिल्दोजुल्दो छ, मेलोडी खास फरक छैन । यत्ति हो, सपुतले आधुनिक शैलीमा ढालेका छन् । केही सर्जक र दर्शकश्रोताले यो कुरा उठाए पनि त्यत्तिकै सेलाएको थियो । अब सपुतको गीत अरुसँग मिल्दै जाने अनि सृजना चाही सपुतकै हो भन्दै जाने हो ? गम्भिर प्रश्न संगीत उद्योगमा रहेको छ । हिट गीत खोजिमा उनीहरूले चोरीको आरोप खेप्नुपरेको छ । त्यो पनि एक पटक होइन, पटक–पटक । सर्जक आफैँ सिर्जनाप्रति इमानदार नहुनु विडम्बना त हो नै, अर्काको सिर्जना बिनाअनुमति लिन कानुनले पनि बन्देज गरेको छ ।

यो पंक्तिकार कुनै गीत संगीतको समीक्षक हैन तर एकदमै राम्रो श्रोता भने पक्कै हो । शम्भु राई लेजेन्ड हुन् । लोकलयका धरोहरले आज किन यसरी यसरि छातिमा छुरा हानिन्छ, त्यो चाहिँ रहस्यको विषय हुनसक्छ । भने एक राम्रो युबा गायक प्रकाश सपुत किन पटक-पटक चोरीको आरोप लाग्छ, यो पंक्तिकार तीन छक्क पर्छु । गलबन्दी र उनको आऊ नाचौं साथी हो कम्मर कसेर भन्ने गीत उस्तै उस्तै नसुन्नेहरूले कानको डाक्टरलाई भेट्दा राम्रो हुनेछ ।

‘आफ्नै संगीतमा मिल्न आउँदा संगीतकारमा नाम छ कि भनी हेरें, नदेख्दा दुःख लाग्यो,’ सपूतको गीत सुनेपछिको अनुभव सुनाउँदै गायक राईले थपे, ‘आफ्नै सृजनामा बलात्कार गरेजस्तो, छातीमा छुरा हानेजस्तो महसुस भयो । मलाई यो उपयुक्त लागेन । मेरो लय मिलेको छ, सम्बोधन गर्न अनुरोध गरेको छु ।’ आफ्नो गीतसँग मिलेपछी एक सृजना सृजित गरेको ब्यतिले भनेको यती नै हो । गलबन्दी गीत काण्डमा शम्भु राईको दिल भनेको यही हो, हामिले दिल बुझन सकेनौ र दिल निशानी मगरले पनि बुझेनन ।

अब एक करोड वर्ष आँखा चिम्लिन तयार हुने कि दिल निशानी मगर ?

लोकगीतमा ‘गीतकार’ भनेर उल्लेख गरिँदैन, गाउँघरतिरका भाका उधिन्ने भएकाले ‘संकलक’ भनिन्छ । यसको अर्थ उनको पूर्ण मौलिक समययता संकलन राख्ने चलन छैन । त्यसो भए, संगीतकारमा आफ्नो नाम राख्न सुहाउँछ त ? दिल निशानि (दिल निशानी मगर एक अनलाईनमा लेख लेखेर प्रकाश सपुतका लागि अलग्गै किसिमको लोकभाका चन्द्रमाबाट ल्याउने त ? भनेका थिए) को लेख अनुसार ‘सपुतका लागि एउटा मुरली बजाउने, शम्भु राई वा अन्यका लागि अर्कै मुरली बजाउने भन्ने कुरा पनि त हँुदैन । हो, मुरलीको मिठासयुक्त धुनहरू भने फरक फरक हुन सक्छन् । तपाईं मादल भन्नुहोस्, सारंगी भन्नुहोस्, डम्फु भन्नुहोस्, बिनायो भन्नुहोस् – यी नेपाली लोकबाजाहरू एउटै हुन् । फरक यत्ति हो कि यिनीहरूले फरक फरक राग, ताल र मूर्च्छनाहरू प्रस्तुत गर्न सक्छन् ।’ त्यसो भए प्रश्न खडा हुन्छ किन सपुतले संगीतकारमा आफ्नो नाम राख्न सुहाउँछ त ?

उसो भने सपुतलाई चिनाउने दोहोरी ब्याटल ‘हे केटाहरु नबन सोझ…’ पनि कपीको आरोपबाट मुक्त थिएन । नारायणगोपालको ‘बैनीको दया छ भने’ गीतसँग मिल्दोजुल्दो छ । अर्को पनि गीत चोरेको आरोप लागे पछी त आफ्नो कमिटमेन्ट पुरा गर्ने तयार हुने हो कि दिल निशानी मगरले ? अब एक करोड वर्ष आँखा चिम्लिन तयार हुने कि दिल निशानी मगर ।

दिल निशानी मगर र प्रकाश सपुतलाई जानकारी दिनुपर्छ अन्य ठाउ जानु पर्दैन । झन मानब नै नभएको चन्द्रमा किन जाने ? बस ! आफ्नो ओर्जिनल र अर्गानी लोकभाका गाउन आफ्नो गाउघर्, सामाजिक, राजनीतिक, धार्मिक, आर्थिक, ऐतिहासिक, सांस्कृतिक परिस्थितिहरुमा जाने अनि पाइन्छ : स्थानको रहनसहन, चाडपर्व, उत्सव, रीतिरिवाज, संस्कृकि आदिको वर्णन अनि निकाल्ने हो, सिर्जनाले आफनै सृजित गीत ।

दिल निशानी मगरले लेखेको छन ‘प्रकाश सपुत अरू कसैका सिर्जना चोरेर रमाउने मानिस हैनन् भन्ने यथार्थलाई विश्वास गर्न म एक करोड वर्ष आँखा चिम्लिन तयार छु ।’ उसो भने सपुतलाई चिनाउने दोहोरी ब्याटल ‘हे केटाहरु नबन सोझ…’ पनि कपीको आरोपबाट मुक्त थिएन । नारायणगोपालको ‘बैनीको दया छ भने’ गीतसँग मिल्दोजुल्दो छ । अर्को पनि गीत चोरेको आरोप लागे पछी त आफ्नो कमिटमेन्ट पुरा गर्ने तयार हुने हो कि दिल निशानी मगरले ? अब एक करोड वर्ष आँखा चिम्लिन तयार हुने कि दिल निशानी मगर । (भिडियो समेत छ)

दिल निशाअनी मगरले भने झै ‘लोकभाका कसैको ठेकेदारी हैन । न प्रकाश सपुतको ठेकेदारी हो, न शम्भु राईको । लोकभाका हजारौं गायकले गाएपनि भाका भनेको नेपाली माटोकै हुन्छ ।‘ तर संगीतमा आए पछी किन आफनो नाम राख्छन ? कित कसैले राख्नु हुन्न नभए नाम भए पनि हक अधिकार पनि उसैको हुन्छ । यो कुरा ख्याल गर्नु पर्ने छ ।

लोकभाका पनि शब्दकोष जस्तै विशाल र बृहत् क्षेत्र हो, विधा हो । अथवा बिशाल समुद्र हो जसबाट आफ्नो बाल्टिमा जती पानी भर्न सक्यो उसैको पानी हुनेछ । यहाँ त कसैले बाल्टिले भरेको पानी महिले भरे भन्ने देखा पर्न थाले । अब सपुतको गीत अरुसँग मिल्दै जाने अनि सृजना चाही सपुतकै हो भन्दै जाने हो ? गम्भिर प्रश्न संगीत उद्योगमा रहेको छ । हिट गीत खोजिमा उनीहरूले चोरीको आरोप खेप्नुपरेको छ । त्यो पनि एक पटक होइन, पटक–पटक । सर्जक आफैँ सिर्जनाप्रति इमानदार नहुनु विडम्बना त हो नै, अर्काको सिर्जना बिनाअनुमति लिन कानुनले पनि बन्देज गरेको छ ।

दुबै गीतको भिडियो हेर्नुस ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्