Logo

उदयपुर गोल्डकपको फाइनलमा गोर्खा ब्वाइज क्लब रुपन्देही र सशस्त्र प्रहरी क्लब काठमाडौ भिड्दै


खेमराज दाहाल उदयपुर : छैठौ रमपम उदयपुर गोल्डकपको फाइनलमा गोर्खा ब्वाइज क्लब रुपन्देही र सशस्त्र प्रहरी क्लब काठमाडौ(एपीएफ) आमने सामने हुने भएका छन् । मोरंग ट्रेनिंग सेन्टर लाई २-० ले हराउदै फाइनल पुगेको एपीएफ र आयोजक उदयपुर ११ लाई ४–१ ले पराजित गर्दै पुगेको गोर्खा ब्वाइज क्लब रुपन्देही बीच फाइनलमा आमने सामने हुने पक्का भएको हो।

यस अघी एपिएफले न्यु स्टार क्लब सुनसरी लाई २-१ ले हराउदै बिजयी सुरुवात गरेको थियो । राम्रो लयमा देखिएको एपीएफले मोरंग ट्रेनिंग सेन्टर लाई २-० ले पराजित गर्दा पनि धेरै सास्ती भोग्न परेको थिएन। उसले पहिलो हाफमा नै २-० गोल अन्तरले आफ्नो अग्रता काएम गरेको थियो।

यता संकटा क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको रुपन्देही निकै आत्मा बिस्वासी देखिन्थ्यो। झापा ११ लाई हराउदै सेमिफाइनल पुगेको आयोजक उदयपुर ११ दर्शकको साथ र हौसलाले भरिपूर्ण देखिन्थ्यो। यस्तो टिमलाई ४-१ को गोल अन्तरले हराउदै रुपन्देही फाइनल पुगेको हो।

राम्रो लयका साथ पुगेको एपीएफ र उत्कृष्ट प्रदर्शन गर्दै राम्रो नतिजाका साथ पुगेको गोर्खा ब्वाइज बीच शनिबार हुने फाइनल खेल निकै प्रतिस्प्रधात्मक हुने उदयपुर गोल्डकप मूल आयोजक समितिका अध्यक्ष रमाकान्त चौधरीले बताए।

उदयपुर सिमेन्टले मुख्य प्रायोजन गरेको प्रतियोगितामा आयोजक टिम सहित ८ टिम सहभागी भएका थिए । त्रियुगा नगरपालिकाले संयोजन गरेको छैठौ रमपम गोल्डकपको उपाधी बिजेता टिमलाई ५ लाख, दोस्रो हुने टिमलाई ३ लाख र प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ५० हजार बराबरको पुरस्कार दिइने मुल आयोजक समितिले जनाएको छ।

जारी प्रतियोगिता प्रदेश १ मा आयोजना हुने दुई ठूला प्रतियोतिहरू बुढा सुव्वा गोल्डकप र विराट गोल्डकप पछिको ठूलो प्रतियोगिता भएको एन्फाका प्रबक्ता तथा उदयपुर गोल्डकपका संरक्षक किरण राईले बताए ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्