Logo

शम्भु राईको मात्र होइन नारायण गोपालको गीत पनि चोरेछन् प्रकाश सपुतले (गीत सहित)


काठमाडौं । प्रकाश सपुतको गीत शम्भु राईको गितसँग मिले केहि समयमा नै अर्को गित नारायण गोपालको गितबाट लिएको देखिन्छ । गायक प्रकाश सपुतमाथि स्वर सम्राट नारायण गोपालको गीत पनि चोरी गरेको आरोप लागेको छ ।

सपुतको ‘गलबन्दी’ बोलको गीत वरिष्ठ गायक शम्भु राईको देउसी गीतबाट चोरी गरिएको आरोप लागिरहेको बेला उनीमाथि नारायण गोपालको गीत पनि कपी गरेको आरोप लागेको छ ।

सपुतले गलबन्दी गीत निकाल्नुअघि ‘केटाहरु नबन सोझो’ बोलको गीत निकालेका थिए । उक्त गीत दर्शकले निकै मन पराएका थिए ।

तर उक्त गीतको भाका नारायण गोपालको गीतको भाकासँग मिलेको छ ।

नारायण गोपालको ‘बैनीको दयाँ छ भने’ बोलको गीतलाई सपुतले रिमेक गरेको आरोप लागेको हो ।
गायक सपुतले भने शम्भु राईको गीतको विषयमा आफूले उक्त गीत कहिल्यै नसुनेको जिकिर गर्दै राईलाई खुलापत्र लेखेका थिए । र उनले उक्त आप्mनो ब्लग ‘प्रकाश सपुत डटकम’मा प्रकाशित गरेका थिए ।

गलबन्दीको गीत जसरी सुरुवात गरिएको छ, जसरी बेलुकी गाउँघरमा बसेर गाइएको बनाइएको छ, शम्भु राईको गीत पनि बेलुकी सँगै बसेर गाइएको छ । दुवै गीतमा पलेटी मारेर बसेर गाइएको देखिन्छ । नारायण गोपालको गीतमा पनि भिडियो हेर्दा एउटै शैली अपनाइएको छ ।

भिडियो हेर्नुस्

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्