Logo

रसुवागढी सुरुङ मार्गमा सुख्खा पहिरो, १५ कामदार थुनिए


काठमाडौं । रसुवागढी जलविद्युत् आयोजनाको सुरुङ मार्ग निर्माण स्थलमा सुख्खा पहिरो जाँदा १५ जना कामदार भित्रै थुनिएका छन् ।

रसुवाको गोसाइकुण्ठ गाउँपालिका–२ मा पर्ने आयोजना स्थलमा बिहीबार साँझ करिब साढे ८ बजेतिर अकास्मत सुख्खा पहिरो गएको हो ।

पहिरोमा परेर एक जना सामान्य घाइते भएका छन् । तर, सुख्खा पहिरोले एक सय मिटर सुरुङभित्र काम गरिरहेका ९ नेपाली र ६ जना चिनियाँ नागरिकभित्रेै थुनिएका छन् । उनीहरु आफैं बाहिर आउन सक्ने अवस्था छैन ।

उद्दारको प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिए ।

‘उद्दारका लागि सीमा सुरक्षा चौकीबाट ७ जना प्रहरीको टोली पुगेको छ’, उनले भने, ‘स्याप्रुवेसी र टिम्बुरे पोष्टबाट नेपाली सेना र रसुवागढी गुल्मबाट सशस्त्र प्रहरकिो २० जनाको टोली घटनास्थलमा पुगेको छ ।’

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्