Logo

मुकुन्दे भन्छन : आफ्ना ससुराको अस्पतालमा दर्जनौ मान्छे मारिदाँ पनि किन मौन ?


काठमाडौँ

भूत, भविष्य र वर्तमानबारे खरो विश्लेषण तथा टिप्पणी गर्ने मुकुन्दल्याण्डका अभियान्ता मुकुन्द घिमिरे उर्फ मुकुन्दे पछिल्लो समयमा सामाजिक सञ्जालमा निकै भाइरल व्यक्ति हुन् । उनी सधै अरुको बिरोधमा बोलेर या लेखेर विवादित हुने गरेका छन् ।

यतिबेला फेरी उनले रवी लामिछानेलाई नराम्रोसँग गाली गरेका छन् । मुकुन्दले रवीलाई सारा संसारले आफ्नो भगवान मानेपनि आफूलाई त्यस्तो केही नलाग्ने बताएका छन् । उनले रवीले छोराको चाहनामा दोस्रो विवाह गरेको आरोप समेत लगाएका छन् । अरु अस्पतालको ट्वाईलेटको सम्म समाचार बनाउने उनले आफ्ना ससुराको अस्पतालमा दर्जनौ मान्छे मारिदाँ पनि ध्यान नदिएको आरोप लगाएका छन् ।

उनले समाजमा भएका माग्ने समाजसेवी र आफ्नै घरबार विग्रेकाहरुले मात्र रवीको सपोर्ट गर्ने गरेको पनि बताए । मुकुन्दले निकै आक्रोशित हुँदै पत्रकार भएर पत्रकारको दायरामा नबसेर फेसबुमा कराउँदै हिड्न जरुरी नभएको भनेका छन् ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्