Logo

उत्तर प्रदेशका मुख्यमन्त्रीको निर्देशन-सिमा क्षेत्रमा नेपालीलाई दुःख नदिन


उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल–भारत सिमानामा नेपालीहरुलाई कुनै पनि हालतमा दुःख नदिन सुरक्षा अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

लखनउमा नेपाली पत्रकारहरुको टोलीसँग कुरा गर्दै मुख्यमन्त्री योगीले चाँडै नै आफुले सिमाक्षेत्रको अनुगमन गर्ने र नेपालीहरुलाई सहज रुपमा भारत आवागमन गर्ने वातावरण बनाउने जानकारी दिए ।

दुई देश र नागरिकबीचको सम्बन्धमा विशेष जोड दिँदै आदित्यनाथले नेपालीहरु स्वाभिमानी र सज्जन भएको एवं नेपाली र भारतीय नागरिकबीचको सम्बन्ध स्वार्थनिहित नभई परापूर्वकालदेखि नै दिगो रहेको उल्लेख गरे ।

साथै , दुवै देश र जनताबीच विश्वासको सम्बन्ध रहेकाले यसमा दरार आउन नदिन दुवै देशका नागरिक सजग हुनुपर्ने आदित्यनाथनाथले बताए । केही शक्तिले नेपाल–भारत खुला सिमाको फाईदा उठाउन खोजेको उल्लेख गर्दै योगीले त्यसतर्फ सजग हुनुपर्ने पनि उल्लेख गरे ।

उत्तर प्रदेशको राजधानी लखनउमा भएको सो भेटमा आदित्यनाथले नेपाल–भारत सम्बन्ध धार्मिक दृष्ट्रिकोणले पनि महत्वपूर्ण रहेको र नेपालले धार्मिक पर्यटन विकासमा जोड दिँदा दुवै देशलाई फाईदा पुग्ने बताए । साथै, नेपाल र भारतबीचको सम्बन्ध सदियौं पुरानो रहेकाले आफुहरुले नेपालको समृद्धि र नेपालीहरुको सुख चाहेको बताए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्