Logo

प्रधानमन्त्री केपी शर्मा ओलीको दाबी :’आउदो आर्थिक वर्ष ८.५ प्रतिशतले आर्थिक वृद्धि हुन्छ’


प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्ष ८।५ प्रतिशतले आर्थिक वृद्धि हुने दाबी गरेका छन् ।

बुधबार राजधानीमा राष्ट्रिय विकास समस्या समाधान समितिको ४५औं बैठकलाई सम्बोधन गर्दै उनले अहिले ७ प्रतिशतले आर्थिक वृद्धि भइरहेको र अर्को वर्ष ८ प्रतिशत पुग्ने जिकिर गरे ।

कृषि उत्पादन वृद्धि भएको र सिँचाइ आशाजनक देखिएको उनको भनाइ थियो ।

नयाँ प्रणाली निराशाको अवस्था नभएको भन्दै प्रधानमन्त्रीले ‘प्राथमिकताका कामहरु त्यति हुन सकेको छैन’–भने ।

काम नगर्ने ठेकेदारलाई अयोग्य ठहर गर्ने भन्दै उनले नातावाद र कृपावाद अन्त्य गर्नुपर्ने बताए ।

बैठकले ९ ओटा प्रस्ताव पारित गरेको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्