हिम्मत छ सरकार ! लोक सेवामा बेदको प्रकारहरु सोध्दै गर्दा मुन्धुम भित्रका बैज्ञानिक ज्ञानहरु पनि सोध्ने ?
-सरगम सागर लिम्बु
हामी कसै बिरुद्दमा होइन हाम्रो राज्यको राज्य ब्यबस्था बिरुद्दमा हौ । त्यसैले ठिक छ सरकार समाबेसी समानुपातिक हटाउ तर हामी पनि केहि प्रश्न सोध्न चाहन्छौ ।
– प्रश्न ५०% नेपाली अनि ५०% मातृभाषा किराती लिपिमा पनि सोध । नेपाल एकीकरणको इतिहास सोध्दा नेपाल भन्दा पुरानो किरातको इतिहास पनि सोध ।
– नेपाल निर्माता भनेर पृथ्वीनारायण साहको जन्म मिति सोध्दा त्यो संगै अटल राईको स्वाभिमान सोध । बेदको प्रकारहरु सोध्दै गर्दा मुन्धुम भित्रका बैज्ञानिक ज्ञानहरु पनि सोध ।
समानुपातिक समाबेसीताको नाममा तिम्रो अधिकार तिम्रो भाग खोस्न खोजेको होइन साथी !आफ्नो भाग खोजेको मात्रै हो जुन संविधानमा दर्ज गरिएको छ ! आफ्नो भाषा, आफ्नै परिस्थिति अनुकल अनि हेरौ कस्ले कति पास गर्छ लोकसेवा ?
– साहित्यकार भानुभत्तको जन्म मिति सोध्दै इमान सिंह चेम्जोङको जन्म मिति पनि सोध । बिपिको प्रजातान्त्रमा योगदान सोध्दा त्यो संगै राम प्रसाद राई, भुबिक्रम नेम्बाङको पनि सोध !
अनि हेरौ कस्ले कति पास गर्छ लोकसेवा ?
हिजो २०१७ सालमा लादेको तिम्रो भाषामा भिडुम भन्छौ म कसरी भिड्न सक्छु तिमी संग साथी ? लङ्गडो र सध्ये मान्छेको पनि कहिँ दौड हुन्छ र ?
समानुपातिक समाबेसीताको नाममा तिम्रो अधिकार तिम्रो भाग खोस्न खोजेको होइन आफ्नो भाग खोजेको मात्रै हो जुन संविधानमा दर्ज गरिएको छ ! आफ्नो भाषा, आफ्नै परिस्थिति अनुकल, आफ्नै आगनमा त कुकुर पनि बलियो हुन्छ नि साथी !