उदयपुरको चौदण्डीगढीमा टिपरको ठक्करबाट दुईको मृत्यु

उदयपुरको चौदण्डीगढी नगरपालिका ७ लाटीखोलामा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।
निर्माणधिन मदनभण्डारी लोकमार्गको पुलको ठेक्का लिएको रसुवा जेभि कन्ट्रसनको बा २ क ७०९ नम्वरको टिपरले स ४ प ३६१ नम्बरको मोटसाईकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय बेल्टारका अनुसार चौदण्डीगढी नगरपालिका ७ का ४६ वर्षे खगेन्द्र र ४५ वर्षे जीवन साम्पाङको मृत्यु भएको बताए।
तिब्र गतिमा गई रहेको टिपर अनियन्त्रीत भै सडक चाप्दै सोही दिशा तर्फ जादै गरेको मोटरसाईकललाई ओभरटेक गर्न खोज्दा मोटरसाइकललाई ठक्कर दिएको इप्रका बेल्टारका प्रहरी निरीक्षक गंगा पौडेलले बताए ।
ठक्कर दिने टिपर प्रहरी नियन्त्रणमा रहे पनी टिपरका चालक र सह चालक फरार भएकाले खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ।