Logo

प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैली नै सरकारका लागि बन्यो घातक (भिडियो)


पदभार सम्हाल्नेबित्तिकै निर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मन्त्रीको काम मूल्यांकन गरी सल्लाह सुझाव र निर्देशन दिने बताएका थिए । सोहीअनुरूप चालु आर्थिक वर्षको शुरूदेखि प्रधानमन्त्री कार्यालयको सम्पूर्ण विवरण महाशाखाले मासिक रूपमा मन्त्रालयगत प्रगति मूल्याङ्कन गर्ने र हरेक महिना प्रधानमन्त्रीकै उपस्थितिमा मन्त्रीलाई राखेर समीक्षा गर्ने भनिएको थियो । तर ११ महिनाको अवधिमा मन्त्रालयगत प्रगतिबारे प्रधानमन्त्रीको उपस्थितिमा एक पटक मात्र समीक्षा भएको छ । म‌ंसिरयता समीक्षा नै नभएकाले महाशाखा यतिखेर निष्क्रियजस्तै छ । प्रधानमन्त्री ओलीले पछिल्लो समय मन्त्रीसँग छलफल गर्नुभन्दा मन्त्रालयका विषयमा कर्मचारीसँग सम्पर्क बढाएका छन् । र, महत्वपूर्ण विषयमा पार्टीमा पनि आवश्यक छलफल गरेको पाइँदैन ।

संसदीय दल लगायत पार्टीका अन्य संरचनामा पर्याप्त छलफल नगर्दाको परिणाम स्थानीय तहमा कर्मचारी भर्नादेखि मिडिया काउन्सिल र गुठी विधेयकमा नेकपा विभाजित भएको छ । नेकपाभित्र पूर्वमाओवादी खेमा त प्रधानमन्त्री सानो समूहमा रमाएको र त्यसको असर सरकार सञ्चालनमै परेको ठान्छ ।

मन्त्रीको कामको समीक्षा गरी कमजोर प्रदर्शन भए मन्त्रिमण्डल नै पुनर्गठन गर्न प्रधानमन्त्री स्वतन्त्र छन् । तर विभागीय मन्त्रीलाइ जिम्मेवार ठहर्याउनुको साटो कर्मचारी र केही निकटतम व्यक्तिहरूको सल्लाहमा मात्र प्रधानमन्त्री चल्न खोज्दा न काम प्रभावकारी हुने, न त गरेका कामको पनि पार्टीमै स्वीकार्यता हुने अवस्था आएको देखिन्छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्