Logo

आउदो तिहारसम्म राजधानी काठमाडौँको रानी पाेखरी तयार हुँदै


पसिना छुटाउने मध्य दिनको चर्को घाम । राजधानी काठमाडौँको पोखरीमा हुलका हुल महिला धमाधम भित्ता सम्याउँदै र खुट्टाले माटो मुछ्दै छन् । प्राकृतिक मिश्रण बज्र तयार हुँदै छ । इँटा पखालिँदै छ ।

राजा प्रताप मल्लको पालामा बनेको रानीपोखरी २०७२ सालको भूकम्पले भत्कियो । पुनःनिर्माण गर्न लाग्दा केही समयअघि विवाद पनि देखियो तर अहिले भक्तपुरका कामदार आएपछि काम धमाधम भइरहेको छ । “सुरुमा आउँदा यहाँ हामीजत्रै घाँस र गन्हाउने फोहोर धेरै थियो, मरेका कुकुर पनि फाल्यौँ,” माटो मुछ्दै शर्मिला नापितले भनिन् “अब पोखरीको रूप सिँगार्दै छौँ । ”

अर्को महिला समूह उबडखाबड माटाका भित्ता सिनित्त पार्न व्यस्त थिए । पूर्णकेशरी बाटी, पूर्णेश्वरी तमखुलगायत लामालामा फेद भएका कोदालाले भित्ता खारखुर पार्दै माटो तल झार्दै मिलाउँदै हुनुहुन्थ्यो । “पहिले बिग्रेको यो भित्ता बनाउनुपर्‍यो नि,” बाटीले सुनाउनुभयो, “बल्ल यसमा माटो पोत्ने हो । ” अर्को समूह पुराना इँटा धुँदै पखाल्दै छुट्याउन व्यस्त थियो ।

“पुराना इँटाभरि लेउ नै लेउ छ, त्यही झार्दै धुँदै छौँ,” तमखुले भनिन्, “इँटा पुराना भए पनि बलिया छन् पर्खाल बनाउन नयाँसँग यही इँटा मिसाउने हो । ” उनीसँगै कृष्णा दुवाल र कृष्णश्वरी बासी काम गर्दै थिए । यसरी नै रानीपोखरी पुनःनिर्माणअन्तर्गत पर्खाल र पोखरी निर्माण यतिबेला महिलाको हातमा पुगेको छ ।

पुरानै शैलीमा पोखरी बनाउन भक्तपुरको सिद्धपोखरी र भाजुपोखरी निर्माणको काम हेरेपछि उतैको प्राविधिक सहयोग लिइएको हो । माटोको पिँधबाट पानी बस्छ, बस्दैन भन्ने थाहा पाउन बनाएको नमुना पोखरीमा पानी जमेपछि त्यहीअनुसार बनाउन थालिएको उहाँले बताउनुभयो ।
पोखरी र पर्खालका लागि नौ करोड ९७ लाख रुपियाँ बजेट छ । जसमध्ये हालसम्म एक करोड ४२ लाख रुपियाँ खर्च भएको उहाँले जानकारी दिनुभयो । आउँदो भाइटीकासम्म पोखरीमा पानी राख्ने योजना प्राधिकरणको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्