Logo

पाेखरामा समाजवादी पार्टीले विधेयक जलायो


सत्ता साझेदार समाजवादी पार्टी नेपाल कास्कीले आइतवार पोखरामा संघीय लोक सेवा आयोगको भर्ना विज्ञापन, गुठी विधेयक र मिडिया काउन्सिल विधयेक जलाएको छ।

सरकार, सदन र सडक मोर्चाबाट जनताका अधिकार र समृद्ध नेपाल निर्माण गर्ने रहेको समाजवादी पार्टी नेपाल कास्कीले संघीयता मास्ने, प्रदेशको अधिकार खोस्ने संघीय लोक सेवा आयोग द्वारा आव्हान गरिएको स्थानीय तहको कर्मचारी विज्ञापन असंवैधानिक र असमावेशी भएको भन्दै रद्ध गर्न, सरकारले ल्याएको गुठी संशोधन विधयेकले मौलिक सँस्कृति, सम्पदा लुट्ने जनघाती विधयेक खारेजी र प्रेस स्वतन्त्रता हनन गर्ने मिडिया काउन्सिल विधयेक फिर्ता गर्नु पर्ने मागका साथ विज्ञापन र विधयेक जलाएको हो ।

महेन्द्रपुल भिमसेन चोकमा आयोजित विरोध कार्यक्रममा प्रदेशको अधिकार खोस्न पाइदैन, असंवैधानिक असमावेशी विज्ञापन रद्ध गर, सँस्कृति सम्पदा मास्न पाइदैन, जनघाती गुठी विधयेक चाहिदैन, प्रेस विरोधी विधयेक फिर्ता गर लगायतका नारा लगाएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै समाजवादी पार्टी, नेपालका केन्द्रीय सदस्य हुमबहादुर गुरुङले देश लुट्न र अधिकार खोस्न उद्धत सरकारका गलत रबैयाका विरुद्ध सत्ता साझेदार भए पनि आफुहरु सडकमा उत्रिएको बताउनुभयो। लोक सेवा आयोगको विज्ञापनले संघीयता माथि प्रहार, प्रदेशको अधिकार कुण्ठित र समावेशीताको अधिकार खोसिएको उहाको भनाई थियो।

यसरी नै सरकारले गुठी संशोधन विधेयक प्रस्तुत गरेर जनघाती व्यवहार चरितार्थ गरेको भन्दै उहाँले उक्त विधेयकले गुठीकै कारण संरक्षण भईरहेको परम्परागत सँस्कृति, सम्पदा अपहरण गरी भुमाफियाको हातमा सुम्पन सरकार तल्लिन रहेकाले उक्त विधयेक खारेज गर्नुपर्ने बताउनुभयो भने राष्ट्रको चौथो अंग प्रेसमाथि नै अंकुश, नियन्त्रण मात्रै नभएर दश लाखसम्मको जरिवाना लगाउने प्रेस स्वतन्त्रता हनन गर्ने मिडिया विधयेक तत्काल फिर्ता नगरेर जनताको आन्दोलन सशक्त हुने चेतावनी दिनुभयो।

कम्युनिष्टले नेतृसंघीय लोक सेवा आयोगको असंवैधानिक भर्ना विज्ञापन रद्ध, जनघाती गुठी विधेयक खारेज र संविधानको भावना विपरीत प्रेसमाथि हस्तक्षेप, नियन्त्रण, अंकुशसहित आफै कारवाही गर्ने व्यवस्था गरिएको प्रेस काउन्सिल विधेयक फिर्ता गर्न माग गरेको छ । दुइतिहाईको कम्युनिष्ट सरकार जनघाती कदम चालिरहने नेपाली काँग्रेसले जिम्मेवार प्रमुख प्रतिपक्षको भुमिका निर्वाह गर्न नसकेका कारण सरकारमै रहे पनि समाजवादी पार्टी सडक आन्दोलनमा उत्रिएको उहाँको भनाई थियो।

यसरी नै समाजवादी पार्टी कास्कीका संयोजक तथा केन्द्रीय सदस्य हेमबहादुर थापाले समाजवादी पार्टी नेपाल सरकार, सदन र सडकमा रहेरै भए पनि जनताको अधिकार, जनजिविका र समृद्ध नेपाल निर्माणका लागि जुटिरहने बताउनुभयो। सरकारमै रहे पनि सरकारले गलत गर्छ भने समाजवादी पार्टी सरकार भित्रै र सडकबाट संघर्ष गर्ने बताउनुहुदै असंबैधानिक असमावेशी लोक सेवा आयोगको विज्ञापन तत्काल रद्ध, जनघाती गुठी विधयेक खारेज र प्रेस कुण्ठित गर्ने मिडिया विधयेक फिर्ता गर्नुपर्ने बताउनुभयो।

सरकार बेलैमा गम्भीर नभए थप शसक्त आन्दोलन गर्ने चेतावनी समेत दिनुभयो। नेता थापाले बालुवाटार कै जग्गाको संरक्षण गर्न नसक्ने सरकार गुठीलाई हडपेर नेपाली पहिचान माथि धावा बोलेको आरोप लगाउनुभयो। कार्यक्रमको सञ्चालन पार्टी जिल्ला सचिव कुलबहादुर भुजेलले गर्नुभएको थियो।

यस अघि शुक्रवार कास्कीका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई समाजवादी पार्टी कास्कीले ज्ञापनपत्र पठाएको थियो भने गण्डकी प्रदेश सकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई पनि ज्ञापन पत्र बुझाएका थिए। -लोडिङनेपालबाट

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्