Logo

तुवाचुङ साप्ताहिकद्वारा बिभिन्न बिधाका ६ जनालाई पुरस्कृत गर्ने घोषणा


तुवाचुङ साप्ताहिकले खोटाङमा क्रियाशिल तीनजना पत्रकारसहित बिभिन्न बिधाका ब्यक्तित्वहरुलाई पुरस्कृत गर्ने भएको छ। हलेसीबाट प्रकाशित हुने तुवाचुङ साप्ताहिकको पहिलो वार्षिक उत्सवको अवसरमा समाजसेवी, पत्रकार, साहित्यकार र खेलकुदकर्मी गरी चार विधामा ६ जना व्यक्तिहरु पुरस्कृत हुने भएका हुन् ।

२०७५ साउन ४ गतेबाट प्रकाशित तुवाचुङ साप्ताहिकले आफ्नो वार्षिक उत्सवको अवसरमा आगामी साउन ४ गते नेपाल पत्रकार महासंघ जिल्ला शाखा खोटाङका अध्यक्ष दमन राई, प्रेस युनियन खोटाङका अध्यक्ष उत्तम चौलागाँई र नेपाल पत्रकार महासंघ, प्रदेश पार्षद केदार मगरलाई पुरस्कृत गरिने साप्ताहिकले जारी गरेको प्रेस विज्ञप्ती उल्लेख छ । पत्रकार राई, चौलागाँईं र मगरलाई जनही १५/१५ हजार नगद सहित पुरस्कृत गरिने छ ।

यस्तै, समाजसेवी जनकराज राईलाई तुवाचुङ साप्ताहिक समाजसेवा पुरस्कार, सितोरियो करातेकी अन्तर्राष्ट्रिय रेफ्री शेशुका राईलाई तुवाचुङ साप्ताहिक खेलकुद पुरस्कार र हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम साल्तेम्मा निवासी साहित्यकार विक्रम चेतनशील राईलाई तुवाचुङ साप्ताहिक साहित्यिक पुरस्कार प्रदान गरिने तुवाचुङ साप्ताहिकका प्रकाशक/सम्पादक दीपेन्द्र राईले बताए ।

समाजसेवी राई, करातेकी अन्तर्राष्ट्रिय रेफ्री शेशुका र साहित्यकार विक्रमलाई जनही १५/१५ हजार नगद सहित पुरस्कृत गरिने छ ।FB_IMG_1560698801839

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्