Logo

काठमाडौँमा भीषण आगलागी : एकै पटक ८ वटा सटर जलेर नस्ट


काठमाडौँ । काठमाडौँको टोखा नगरपालिका १० मा आगलागी भएको छ ।

महानगरीय प्रहरीका अनुसार आगलागीबाट पसलका ८ वटा सटर जलेर नस्ट भएको छ ।
उक्त पसल टहरोमा सञ्चालित रहेको प्रहरीले बताएको छ । आइतबार राति लागेको आगो निभाउन दमकल पुगेको छ र दमकलले आगो निभाउने प्रयास गरेको बताइएको छ ।

आगो लागेको उक्त सटरमा किराना, फेन्सी, तरकारीलगायतका दर्जन भन्दा बढी पसल सञ्चालनमा रहेको जनाइएको छ । आगलागीको कारणले भने नसकेको प्रहरीले बताएको छ ।

यो पढुम ! रोहितको शतकसँगै पाकिस्तानलाई विशाल लक्ष्य 

एजेन्सी – ओपनर रोहित शर्माले उत्कृष्ट शतक प्रहार गरेसँगै एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगिता भारतले पाकिस्तानलाई ३ सय ३७ रनको विशाल लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३ सय ३६ रन बनायो । उसका लागि ओपनर रोहित शर्माले उत्कृष्ट शतक प्रहार गरे । ३९ ओभरको दोस्रो बलमा हसन अलीले वहाब रियाजबाट क्याच आउट गराउनु अघि रोहितले १ सय १३ बलमा १४ चौका ३ छक्का प्रहार गर्दै १ सय ४० रनको शतकीय योगदान दिए ।

रोहितले ८५ बलमा आफ्नो वान डे करियरको २४ औं शतक पुरा गरेका थिए । ३० ओभरको अन्तिम बलमा सादव खानलाई १ रन प्रहार गर्दै विश्वकपमा तेस्रो शतक पुरा गरे । रोहितको जारी विश्वकपमा यो दोस्रो शतक समेत हो । यस अघि रोहितले दक्षिण अफ्रिकाविरुद्ध पनि शतक प्रहार गरेका थिए ।

त्यस्तै कप्तान विराट कोहलीले ७७ रनको महत्वपूर्ण योगदान दिए । मोहम्मद आमिरको ४८ ओभरको चौथो बलमा ठूलो शट खेल्ने धुनमा कट हुन पुग्दा विकेटकीपर शरफर्राज अहमिदले क्याच आउट गरे । कोहलीले ६५ बलमा ७ चौका प्रहार गरे ।

त्यस अघि पहिलो विकेटका लागि ओपनर केएल राहुल र रोहित शर्माले २३.५ ओभरमा १ सय ३६ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाए । राहुललाई वहाब रियाजले बाबर आजमबाट क्याच आउट गराउनु अघि ७८ बलमा ३ चौका र २ छक्का सहित ५७ रनको योगदान दिए ।
हार्दिक पान्ड्याले २६,महेन्द्र सिंह धोनी १ रनमा आउट भए । विजय शंकर १५ र केदार जाधव रनमा ९ रन अविजित रहे ।

पाकिस्तानका लागि मोहम्मद आमिरले १० ओभरमा १ मेडन सहित ४७ रन खर्चेर ३ विकेट लिए । त्यस्तै वहाब रियाज र हसन अलीको नाममा समान १ विकेट रह्यो ।

यस लक्ष्य पाकिस्तानले पक्ष्याउन सके विश्कपमा पहिलो पटक भारतलाई हराउने छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्