नीतु डंगोलले‘मिस नेवाः ११३९’ को उपाधि हात पारीन
१४औं संस्करणको ‘मिस नेवाः ११३९’ को उपाधि नीतु डंगोलले हात पारेकी छिन्। १६ प्रतिष्पर्धीलाई पछि पार्दै नीतुले नगद २५ हजार रुपैयाँसहित विभिन्न उपहारहरु प्राप्त गरिन्। नीतुलाई मिस नेवाः ११३८ रीजु मानन्धरले विजेताको ताज पहिराइदिएकी थिइन्।
नेप्लिज फेसन होमले आयोजना गरेको प्रतियोगितामा सञ्जिता महर्जनले फस्ट रनर्स अपको उपाधि जित्न सफल भइन्। उनले नगद १२ हजार रुपैयाँसहित विभिन्न उपहारहरु प्राप्त गरिन्। सञ्जिताले मिस फ्रेन्डसिपको उपाधि पनि जितिन्। स्केना कोजु सेकेन्ड रनर्स अप बनिन्। उनले नगद १० हजार रुपैयाँसहित विभिन्न उपहारहरु प्राप्त गरिन्।लतिलपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनकको प्रमुख आथित्यमा सम्पन्न मिस नेवाः ११३९ को अन्तिम चरणको प्रतिष्पर्धाको निर्णायकमा बैंकर भाइराजा तुलाधर, गायक प्रवेशमान शाक्य, नेपाल क्यूकोसिन सिसन कराँते एसोसिएसनका अध्यक्ष अशोककुमार श्रेष्ठ, बुटिक एसोसिएसनका अध्यक्ष उज्ज्वलकृष्ण श्रेष्ठ, सञ्चारकर्मी विजयरत्न तुलाधर, मेकअप आर्टिष्ट मञ्जु कार्की पाण्डे थिए।
नेवार समुदायका युवतीहरुले मात्र सहभागिता जनाएको उक्त प्रतियोगितामा यूनिषा शाहीले मिस पर्सनालिटीका साथै सोसल वेलफेयर एम्बेसडर चिफको अवार्ड जित्न सफल भइन्। रोजी शाक्यले बेस्ट हेयरको उपाधि जितिन्।कृतिका प्रजापतिले बेस्ट स्किन, कृषा गैंजुले बेस्ट स्माइल, बिदिशा श्रेष्ठले मिस डिसिप्लिन, अजुमी शाहीले मिस फोटोजेनिक, संगीता महर्जनले मिस फ्रेन्डसिप, सिर्जना श्रेष्ठले मिस चार्मिङ, कञ्चन तिताजुले मिस एलिगेन्ट, इशा श्रेष्ठले बेस्ट ड्रेसको उपाधि जितिन्। प्रतियोगितामा सजिना श्रेष्ठले मिस ट्यालेन्टको उपाधि हात पारिन्। रोशनी कुम्पाखाले उत्कृष्ठ नेपाल भाषाको उपाधि जित्न सफल भइन्।
आयोजक नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले नेवारी कला, संस्कृति, गीत, संगीत, नृत्य, रीतिरिवाज, रहनसहन, खानपिन आदिका बारेमा जानकारी गराउन तथा तीनको संरक्षणका लागि यो प्रतियोगिता आयोजना गरिएको बताइन्।