नेताहरुको बाँचुन्जेल एकाधिकार पार्टी कब्जा
कम्युनिस्ट नेता मोहनविक्रम सिंह ८५ वर्षका भए । उनी यसै साता नेकपा मसालको महासचिवमा चयन भएका छन् ।
काठमाडौँ थानकोटस्थित ग्रिन पार्टी प्यालेसमा भूमिगत शैलीमा सम्पन्न पार्टीको आठौँ
महाधिवेशनले उनलाई पाँच वर्षका लागि महासचिवमा चयन गरेको हो ।
सिंह ०३१ सालदेखि निरन्तर पार्टी नेतृत्वमा छन् । त्यसयता ४४ वर्ष सिंह निरन्तर नेतृत्वमा छन् ।
नेपालका अन्य राजनीतिक दलभित्र पनि नेतृत्वमै टाँसिरहन चाहने नेता धेरै छन् । कतिपयले एक दशकदेखि चार दशक लामो समयसम्म नेतृत्व हाँकेका छन् ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे र माले महासचवि सीपी मैनाली वामपन्थी राजनीतिमा लामै समयदेखि नेतृत्वमा छन् ।
त्यस्तै समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादव र राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि लामो समयदेखि पार्टीमा कब्जा जमाएका छन् ।
यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।
वास्तवमा हुनुपर्ने कम्युनिस्ट सिद्धान्त र कम्युनिस्ट पार्टीहरू
पालमा थुप्रै कम्युनिस्ट पार्टी जन्मिएका छन् । ती सबै पार्टी आफूलाई सच्चा कम्युनिस्ट भएको दाबी गर्छन् । तर, सबैले के स्वीकार गर्छन् भने संसारभरका कम्युनिस्टको मार्गदर्शक सिद्धान्त माक्र्सवाद हो ।
समय, परिस्थिति र आङ्खनै देशको विशिष्टताका आधारमा अघि बढ्दै जाने क्रममा लेनिनवादको उदय भएको छ ।
चिनिया क्रान्तिको विशेषतामा माओका निश्चित मान्यताको विकास भएको छ । कोरियाली क्रान्तिको सन्दर्भमा जुछे विचारधाराका रूपमा अघि आएको छ ।
क्युबाको क्रान्ति र भियतनामलगायत मुलुकका क्रान्तिका आङ्खनै मौलिकता र भिन्न विशेषता छन् । त्यस्तै नेपाली क्रान्तिको मौलिक विशेषताको आधारमा जनताको बहुदलीय जनवादको विकास भएको छ ।
संसारभरका कम्युनिस्टको अन्तिम लक्ष्य साम्यवाद भएकाले सोही लक्ष्यका आधारमा उनीहरूले आङ्खनो पार्टीको नाम पनि साम्यवादी (कम्युनिस्ट) राखे । तर, अहिलेसम्म संसारका कुनै पनि देशमा साम्यवादको स्थापना भएको छैन ।
अक्टुबर क्रान्तिपछिको रूस र सन् १९४९ को जनवादी क्रान्तिपछिको चीनमा पनि साम्यवाद स्थापना भएको होइन । त्यहा साम्यवादी लक्ष्य अपनाएको पार्टीले सरकार निर्माण गरेको र साम्यवादलाई आङ्खनो अन्तिम गन्तव्यको रूपमा अपनाएर राज्य व्यवस्था सञ्चालन गर्न खोजेको मात्र हो ।
चीनमा कम्युनिस्ट पार्टीको नेतृत्वमा सरकार चल्न थालेको पनि ७२ वर्ष भइसक्यो । तर, चीनले धेरै पहिलेदेखि आजसम्म पनि आङ्खनो मुलुक समाजवादको प्रारम्भिक चरणमा रहेको विश्लेषण गरिरहेको छ । कम्युनिस्टहरूको लक्ष्य समाजवाद हुदै सुदूरभविष्यको गन्तव्य साम्यवादमा पुग्नु हो ।
हाम्रो जस्तो देशमा लोकतान्त्रिक गणतन्त्र, जनवादी गणतन्त्र हुदै समाजवादतर्फ अघि बढ्ने हो । समाज विकासको क्रममा अनेक चरण र उपचरण पार गर्दै कम्युनिस्टहरू अघि बढ्दै जाने हो ।
हाम्रो जस्तो पछाडि परेको मुलुकमा समाजवादको लक्ष्यमा पुग्नका लागि विकासका अनेक उपचरण पार गर्दै अघि बढ्नुपर्ने आवश्यकता छ । समाजवादी एवम् साम्यवादी मान्यता र तत्कालीन वस्तुगत परिस्थितिबीचको ठूलो अन्तरका कारणले पार्टी र समाजभित्र अनेक सवालमा अन्योलता र अन्तरविरोध उत्पन्न हुने गर्छ ।
त्यसले गर्दा कम्युनिस्ट आन्दोलन कहिले उग्रवामपन्थतिर दौडन खोज्छ भने कहिले दक्षिणपन्थी भासमा फस्ने अवस्था आउछ ।
यी दुवै किसिमका भड्काउबाट जोगाउदै कम्युनिस्ट आन्दोलनलाई सही माक्र्सवादी मान्यताको आधारमा अघि बढाउन सक्नेले समाजमा देखापरेका समस्यालाई हल गर्दै अग्रगामी परिवर्तनको दिशामा अघि बढेका अनेकौ उदाहरण छन् ।
जर्मन दार्शनिक फायरवाखको विचारलाई खण्डन गर्ने सन्दर्भमा कार्लमाक्र्सले फायरवाखसम्बन्धी ११ बुदे संक्षिप्त टिप्पणी तयार पारेका छन् । त्यसमध्येको एघारौ बुदामा उनले ‘दार्शनिकहरूले दुनिया“को त धेरै व्याख्या गरे तर प्रमुख सवाल दुनिया बदल्नु हो’
भनेका छन् ।