Logo

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जाने कार्यक्रममा रामशरण महत र अर्जुननरसिंह केसी नजाने


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज सहभागी हुन लागेको एउटा कार्यक्रम पार्टीका प्रभावशाली नेताद्धय डाक्टर रामशरण महत र अर्जुननरसिंह केसी नजानुहुने भएको छ ।

आफुहरुको गृह जिल्लामा हुन लागेको कार्यक्रममा आफुहरुसँग कुनै समन्वय नगरिएको भन्दै उहाँहरु सहभागी नहुनुहुने भएको हो ।
नुवाकोटका दुवै क्षेत्रले संयुक्त रुपमा आज क्षेत्रीय सम्मेलनको आयोजना गरेका छन् । दुवै क्षेत्रको संयुक्त सम्मेलन गर्न मिल्ने की नमिल्ने भन्ने बारेमा पनि नेताहरुका बीचमा मतभेद देखिएको छ ।

लिखु गाउँपालिका ४ मा हुने कार्यक्रममा सभापति देउवासहित उपसभापति विजय गच्छदार र सहमहामन्त्री डा प्रकाशशरण महतले सम्बोधन गर्ने बताइएको छ ।  कार्यक्रमको प्रचार प्रसारका लागि तयार पारिएका सामग्रीमा देउवा, गच्छदार र महतको फोटो राखिएको छ । तर जिल्लाका प्रभावशाली केन्द्रीय नेताहरुको बारेमा भने केही उल्लेख गरिएको छैन ।

सहमहामन्त्री महतको अगुवाईमा एकपक्षीय रुपमा कार्यक्रम हुन थालेको र त्यसमा केन्द्रीय संस्थापन पक्षले साथ दिएपछि जिल्लाको गुढगत समस्या थप चर्किने देखिएको छ ।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्