Logo

राजेन्द्र राईको स्वरमा रहेको बाटो त तिम्ले फेरेउ सार्वजनिक


काठमाडौ – शान्तिराज राईको डेब्यु म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार ममता राई “यात्री”को शब्द रचना र राजेन्द्र राईको स्वरमा रहेको “बाटो त तिमीले फेरेउ” बोलको म्युजिक भिडियो बाट शान्तिराज राईले म्युजिक क्षेत्रमा डेब्यु गरेका हुन् ।

वियोगान्त कथामा आधारित म्युजिक भिडियोमा शान्तिराज राईलाई सिता राईले साथ् दिएकी छन् भने सुहाङ्ग लिम्बु र टिक टक बाट चर्चामा आएकी बाल कलाकार नुमा राईको पनि बेजोड अभिनय रहेको छ । म्युजिक भिडियोमा तारा देवी इन्टर नेसनल युनिसेक्स ब्युटी सलुनकी संचालिका ब्युटिसियन नाजु निनोहोङ्गछा राईको शृंगार रहेको छ ।

गीतको म्युजिक भिडियोलाई बिनोद राई “बान्तावा”ले छायांकन र अनिल कुमार महर्जनले सम्पादन गरेका छन् भने, ईन्द्र जिजीबिषाले निर्देशन गरेका हुन् ।

सार्वजनिक गीतमा दिप घतानीको संगीत, फणिन्द्र राईको एरेन्ज रहेको छ ।

गीतकार ममता राई विगत केहि बर्ष अगाडि देखि अमेरिकामा बसेर निरन्तर नेपाली गीत-संगीतमा सक्रिय रहदै आएकी छन् भने शान्तिराज राई पत्रकारिता संगै राजनितीमा पनि सक्रिय रहेका छन् । गायक राजेन्द्र राई पनि अमेरिकामै बसेर नेपाली गीत-संगीतमा सक्रिय रहेका छन् ।

म्युजिक भिडियो यहाँ हेर्नुहोला

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्